आदरणिय, वेल्जियमवासी गैर आवासीय नेपाली दाजुभाई, दिदीबहिनीहरु
सादर नमस्कार
बिभिन्न
कारणले देशबाट बाहिर आई बिश्वका बिभिन्न ठाँऊहरुमा छरिएर
बिभिन्न प्रकृतिका पेशा (जागिर, व्याबसाय, शिक्षण) आदिमा
संलग्न रहदै आएका प्रबासी नेपालीहरुको साँझा संस्थाको रुपमा
स्थापित एन.आर.एन लाई प्रवासको बसाईको सन्दर्भमा आईपर्ने हरेक
खालका सुख दु:खको सबैभन्दा नजिकको साथीको रुपमा यसको सर्वोच्च
उचाईलाई कायम गर्न यही सेप्टेम्वर १३ का दिन बेल्जियमबाट
आई.सि. सि सदस्यको छनौटको लागि हुन गैरहेको वार्षिक साधरण
सभामा मैले आई .सि. सि सदस्यको लागि उम्मेदवारी दिएको छु ।
आगामी अक्टोवरमा सम्पन्न हुन गैरहेको एन.आर.एन को
अन्तराष्ट्रीय सम्मेलनलाई नेपाली जनताको महान जनाआन्दोलनबाट
प्राप्त महान एेतिहासिक उपलब्धीलाई संबिधान सभाको निर्वाचन
पश्चात आमस्तरमा स्थाई शान्तिका साथै नयाँ समृद्व नेपालको
परिकल्पनाको रुपमा प्रत्याभूत गराएको संघिय लोकतान्त्रीक
गणतन्त्र नेपाल निर्माणको महान अभियानमा गैर आबसिय नेपालीहरुको
स्थानलाई स्पष्ट पार्दै जिम्बेवारी तथा दायित्वलाई बोध गर्दै
गैर आवासिय नेपालीहरुमा रहेको कौशलतालाई सम्पूर्ण रुपले
खर्चिने ठोस कार्यक्रम सहितको दिशानिर्देश गर्ने एेतिहासिक तथा
गौरवमय सम्मेलनको रुपमा सम्पन्न गर्ने अहम भूमिका निर्वाह
गर्नेछु ।
बेल्जियम आई.सि.सी सदस्य पदको लागि मेरो उम्मेदवारी घोषणाका
साथै केहि प्रमुख प्रतिवद्वताहरु समेत प्रकट गर्न चाहन्छु ।
(१) प्रशासनिक- बिदेशमा रहेका सबै नेपालीहरुको सामुदायिक हक
अधिकार, सम्मान, सुरक्षा र स्थापित नेपालीहरुको नामावलीलाई
सूचिकृत गर्दै यही समाजमा हुने जन्म, तथा मृत्यु घटनालाई
अधावधिक रुपमा राख्ने कामहरुमा एन.आर.एन को सम्पर्क र
प्रशासनिक कामकार्वाहिलाई सुलभ र चुस्त बनाउन सबै निकायसंग
संमन्वयकारी भूमिका खेल्नुका साथै नेपालमा बेल्जियम दूतावास
स्थापना गर्न पहल गर्नेछु । राज्यबाट गैर आवासिय नेपालीहरुले
पाउनु पर्ने स्नेहवत व्यवहार र संबैधानिक हक अधिकारको
प्रत्याभूतिका साथै समृद्व नेपाल निर्माणमा गैर आवासिय
नेपालीहरुको भूमिकालाई व्यापकिकरण गर्न अनुकरणिय आन्दोलनको
रुपमा एन.आर.एन लाई सचेतपूर्ण ढंगले बिकाश गर्न पहल गर्ने छु ।
(२) सामाजिक तथा साँस्कृतिक- गैर आवासिय नेपाली परिवार र
मातृभूमिवासी नेपाली परिवार बिचको न्यानो सम्वन्धलाई अटुट तथा
प्रगाढ बनाई राख्ने कार्यक्रमका साथै गैर आवासिय नेपाली परिवार
भित्रका सबै जातजाति, भाषा, धर्म र सम्प्रदायको संरक्षण,
संबर्द्वनका लागि समान रुपका कार्यक्रम संचालन गर्न पहल
गर्नुका साथै बिभिन्न ठाँउमा स्थानिय संघ संस्था वा समुहद्वारा
संचालित नेपाली भाषा शिक्षा, कला र सांस्कृतिक एंब बौंद्विक
तथा ब्यक्तित्व बिकास जस्ता नेपाली पहिचानका कार्यक्रमहरुलाई
ससक्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्न पहल गर्ने छु ।
३) पर्यटन प्रवद्वन- "नेपालको बिकासको फल" भनेर चिनिने पर्यटन
क्षेत्रको बिकाशको लागी हरेक गैर आवसिय नेपालीहरुलाई राष्ट्रको
दूतको भूमिकाको जिम्बेवारी प्रदान गर्न नेपालको पर्यटन प्रचार
प्रसारका लागी मेला, प्रदर्शनिका साथै नेपाली पर्यटनमा
महत्वपूर्ण योगदान पुर्याउने सम्वन्धित देशका नागरिकलाई
सम्मानित गर्ने जस्ता बिशेष कार्यक्रम ल्याएर सम्वन्धित देशकै
जनस्तरमा नेपालको पर्यटन बिकाशका कार्यक्रमलाई ससक्त ढंगले
संचालन गर्न सहयोग गर्दै दुई देश बिचको मित्रवत सम्वन्धलाई
प्रगाढ तुल्याउन पहल गर्नेछु ।
(४) व्यापार तथा आर्थिक लगानी- नेपाल र सबै मित्र राष्ट्र
बिचमा व्यापार व्याबसाय संचालनका लागी आवश्यक पर्ने सम्पूर्ण
जानकारी सहज रुपमा उपलब्ध गराउने संयन्त्रको बिकाश गर्दै,
सहकारी व्यावस्थालाई प्राथमिकता दिदै नेपाली उत्पादनहरुको
व्यावसायका लागि बिशेषत:बेल्जियममा उचित बजारको खोजि, बिकाश र
बिस्तार गर्ने र गैर आवसिय नेपालीहरुमा रहेको श्रम-शिप,
कला-कौशलता, ज्ञान-बिज्ञान, प्रबिधी र आर्जित पूँजिलाई संगठित
ढंगले नेपालमा भित्र्याउन बिशेष खालको कार्यक्रम तर्जुमा
गर्नुको साथै एन. आर. एन बाट सामुहिक लगानिको शुरुवात गर्न पहल
गर्ने छु ।
आमा समानको जन्मभूमीबाट टाढा रहेको कर्मभूमीबाट नेपाल र
नेपालीकै हित र भलाईकालाई अनन्तकालसम्म दिर्घजिवी रहने सबै
खालका संभावनाहरुको खोजी गर्ने आदी ईत्यादी कार्यहरुमा गैर
आवसिय साथीहरुसंग सम्पर्क, छलफल तथा आवश्यक सहयोग लिई निरन्तर
रुपमा म आफैलाई कृयाशिल बनाई राख्नेछु भन्ने प्रतिवद्वतासमेत
जाहेर गर्न चाहन्छु ।
अत: आगामी वार्षिक साधरण सभामा बेल्जियमको आई.सि. सि पदमा
अबसर दिनुहुनेछ भन्ने बिश्वास प्रकट गर्न चाहन्छु ।
(वर्तमान अध्यक्ष,नेपाल व्यावसायी संघ,बेल्जियम)