Home  About us  Activities  Contact  Feedback  Photo

एनडिएफ बेल्जियम द्वारा आयोजित सास्कृतिक तथा हास्यब्यंग्य कार्यक्रम २०११ भव्य रूपमा सफल

एनडिएफ बेल्जियमले नेपाल देखी ख्याती प्राप्त कलाकार कोमल ओली र हास्यब्यंग्यकार जितु नेपाल(मुन्द्रे) लाई आमन्त्रण गरी बेल्जियममा रहनु भएका कला प्रेमि नेपाली दाजुभाइ तथा दिदिवहिनिहरूका विचमा मनोरंजनात्मक कार्यक्रम दिन सफल भएको छ। उक्त अवसरमा स्थानिय कलाकारहरूले पनि आ-आफ्नो कला प्रस्तुत गर्नु भएको थियो
 नेपाली कला र सस्कृतिको  जगेर्ना र सम्वर्दन गर्ने उदेश्यकासाथ आयोजित उक्त कार्यक्रम बेल्जियमको  आन्तोर्पेन शहरवाट शुरू  भई लक्जम्वर बेल्जियमका शहरहरु, लुभेन र  ब्रुज गरी छोटै अवधिमा  भव्यरूपमा सम्पन्न भएको छ।  यस कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो ठाउवाट खट्नुहुने सम्पूर्ण एनडिएफका साथीहरूलाई एनडिएफ बेल्जियम हार्दिक धन्यवाद व्यक्त गर्दछ।त्यसै गरी कलाकारहरूलाई लक्जम्वर सम्म   लगि कार्यक्रमको संयोजन गरी दिनु भएकोमा कलाकार संघका अध्यक्ष पदम गुरुङ र सञ्जय श्रेष्ठ लगाएत अन्य कलाकार संघका साथीहरू, लुभेनमा कार्यक्रम प्रस्तुत गरिदिनु भई   सहयोग गर्नु हुने बिश्व मगर संघ बेल्जियम , ब्रुजमा कार्यक्रम आयोजना गर्नु हुने ओस्ट भ्लानदरका साथीहरूडिजे तथा गायक आलोक शर्मा लगायत  अन्य साथीहरू प्रती हार्दिक आभार ब्यक्त गर्दछ। हाम्रो निमन्त्रणालाई स्विकारगरी नेपाली समुदायलाई मनोरंजन दिनू हुने कोमल ओली ज्यू र जितु नेपाल ज्यू लाई विशेष धन्यवाद  व्यक्त गर्दछ।   हाम्रो अनुरोधलाई स्विकार गरी कार्यक्रममा उपस्थित  भई कार्यक्रमलाई सफल वनाइ दिनु भएकोमा संपूर्ण संघ, संस्था तथा नेपाली दाजुभाई तथा दिदिवहिनिहरूमा हृदयदेखिनै आभार प्रकट गर्दछ। अन्तमा आगामी दिनहरूमा पनी  यहाँहरूको यस्तै  सयोग,माया र शुभेच्छा रहनेआसा राख्दछौ ।

   एनडिएफ बेल्जियम

 

 

Coming events

यही अक्टोबर ७ मा कमरेड केपी शर्मा ओली बेल्जियममा

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com