Home  About us  Activities  Contact  Feedback  Photo

एन. डि. एफ. बेल्जियम को कार्यक्रम भब्य रुपमा सम्पन्न

यही गत ९ जनवरि २०११ का दिन एन.डि.एफ. बेल्जियमले नेपालका २ चर्चित कलाकार कोमल वली र जितु नेपालको साथमा नयाँ बर्ष २०११ को उपलक्ष्यमा लोक तथा हास्यब्यङग कार्यक्रम भब्य रुपमा सम्पन्न गर्‍यो ।कार्यक्रममा स्थानिय कलाकारको गीत तथा नृत्य लाई पनि समाबेश गरीएको थियो । कार्यक्रममा कोमल वलीका गीतले दर्शकमा अत्यन्त उत्साह जगाएको थियो भने जितु नेपालको हासोले दर्शकले पेट मिचीमिची हासेका थिए ।
कोमल वलीले कालो टोपी कालई छ कोट, झ्वाक तन्नेरी, पोइला जान पाम जस्ता गीत दर्शकको अनुरोधमा २-२ पटक गाएकी थिईन।
 

जितु नेपालले नेपालका बिबिध क्षेत्रमा रहेका बिकृति र बिसङ्गतिलाई हासोका माध्ययमबाट तिखो ब्यङग प्रहार गरेका थिए । कार्यक्रमलाई स्थानिय कलाकार श्रीवा राणा, आलोक शर्मा ,कमल गुरुङ्, नारायण धिताल ,जगदिस सापकोटाका गीतले कार्यक्रम मा अझ ज्यादा रनकता छाएको थियो । स्थानिय नृत्य कलाकार आकृति निरौला, अनुजा चापागाई ,अपराजिता गुरुङ्, मेलीना गुरुङ र प्रफुल थापाको नृत्यले कार्यक्रम अत्यन्त रोमान्चित भएको थियो ।
कार्यक्रम औपचारिक र अनौपचारिक गरी २ चरण मा गरीएको थियो ।

पहिलो चरणको कार्यक्रम एनडिएफका अध्यक्ष  ईन्द्र प्रसाद वली को अध्यक्षतामा प्रमुख अतिथिका रुपमा नेपाली दूतावास बेल्जियमका महामहिम राजदूत प्रमेश कुमार हमाल बिशेष अतिथीका रुपमा नेकपा(एमाले) प्रवास पार्टी कमिटी बेल्जियमका अध्यक्ष शिव कुमार बरुवाल एन. आर. एन.बेल्जियमका अध्यक्ष पि.जि. शेर्पाले आ-आफ्नो ठाउँबाट शुभकामना ब्यक्त गर्नु भएको थियो भने उपस्थित सम्पूर्णमा आयोजकका तर्फबाट स्वागत मन्तब्य एन.डि.एफ. का उपाध्यक्ष तथा यस कार्यक्रमका संयोजक  किसान के.सी. ले गर्नु भएको थियो भने कार्यक्रम सन्चालन महासचिव गोपाल सिमखडाले गर्नु भएको थियो । उक्त  कार्यक्रम मा बेल्जियममा रहेका विभिन्न संघसस्थाका  अध्यक्ष तथा प्रतिनिधिहरूको पनि उपस्थिती  थियो ।
दोस्रो चरण को कार्यक्रम सन्चालन एन.डि. एफ. बेल्जियमका सचिब चन्द्र प्रकाश शर्मा ले गर्नु भएको थियो भने कलाकार ब्यबस्थापन मुना तम्राकार्,स्वयम सेवक ब्यबस्थापन श्याम सुन्दर उप्रेती डि.जे. मा आलोक शर्मा टिकट ब्यबस्थापन रुद्र लम्शाल , झुना निरौला, सारदा अर्याल र बार ब्यबस्थापन बुद्धी बराल, तुङा निरौला, कृष्ण न्यौपानेले गर्नु भएको थियो ।कार्यक्रमको अन्त्यमा हास्यकलाकार जितु नेपाल र कोमल वली बिच प्रथम चरणको दोहोरी र दोस्रो चरणमा कोमल वलीसँग बेल्जियमका स्थानिय दोहोरी गायक भरत तामाङ गोपाल राहुत्, कुल खत्री र राम घलेले दोहोरी गाएका थिए ।   

 

 

Coming events

यही अक्टोबर ७ मा कमरेड केपी शर्मा ओली बेल्जियममा

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com