एन डि एफ बेल्जियम द्वारा आयोजित युरो टुर २००९ नेपालका चर्चित
चर्चित हास्य ब्यङे
कमेडी कलाकार मनोज गजुरेल चर्चित गायक सुगम पोखरेल र रिमिक्स
गुरु डिजे राजु साथमा
यही जुलाई ५ मा बेल्जियमको अन्ट्वेर्पेन शहरमा भब्य रुपमा
सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तुलसिनाथ सुबेदिको अध्यक्षता सहीत नेपाली
दुतावासको प्रमुख आतिथ्यमा सुरुगरियको उक्त सांस्कृतिक
कार्यक्रमलाई नेपालका चर्चित हास्य ब्यङे कमेडी कलाकार मनोज
गजुरेल चर्चित गायक सुगम पोखरेल र रिमिक्स गुरु डिजे राजु र डिजे
शरन सहितका कलाकारहरु लाई बेल्जियमका प्रबासी नेपालीहरु माझ अती
नै छोटो समयको अवधिमा उपस्थित गराइ कार्यक्रम भब्यताका साथ
सम्पन्न गरेको छ ।
तीन सय भन्दा अधिकको संख्यामा उपस्थित दर्सकहरु माझ बेल्जियमका
स्थानिय कलाकारको समेत न्रित्य प्रस्तुत भयको थियो । बेल्जियमका
बिभिन्न शहरबाट आयका नेपालीहरु उक्त सांस्कृतिक कार्यक्रम
हेर्नको लागि निकै उल्लासका साथ आतुर देखिन्थे भने
कार्यक्रम दिनको ठीक चार बजे देखी सुरु भइ नौ बजे समापन भयको
थियो ।

उक्त सांस्कृतिक
कार्यक्रम हास्नु र नाच्नु मात्र नभै मनोज गजुरेलको प्रस्तुती
नेपालको राजनीति लाई सचेत गराउने बारे ज्ञान बर्धक र चेतना
जगाउने खालको रहेको थियो । नेपालका सबै राज नेताहरुको
कमजोरी लाई उदघ्रित गर्दै ब्याङ्यात्मक तरिकाले प्रस्तुत गरियको
उक्त कार्यक्रमको सार बुझ्दा नेपालमा बिहारी सैलीको राजनीति
मौलाउदै गयको :अराजकताले प्रश्रय पायको : हरेक ब्यक्ती
ब्यक्तिमा अबिश्वास बढेको :र जातियताले राज्य कमजोर हुने संकेत
गर्दै बिभिन्न भाषाले ल्याउने समस्याहरु बारे अती नै हास्य
ब्याङ्यात्मक तरिकाले प्रस्तुत गरी सचेतता जगाउने प्रयत्न
गरेको भान
दर्सकहरुले पायका छन ।

नेपालका माओवादी नेता प्रचन्ड संग हुबहु मिल्ने खालको क्यारिकेचर गरेर
दर्सकहरु माझ हास्य ब्याङे प्रस्तुत गर्दै कमेडी बादसाह मनोज
गजुरेलले नेपालका सबै राजनीति पार्टिका नेताहरुको क्यारिकेचर गरी
युरोपियन नेपाली दर्सकहरु हसाउदै हिंडेका छन । कार्यक्रम देखाउनु
भन्दा आगावै संस्थाले सहयोग स्वरुप लियको २० युरो महंगो भयो
भन्दै गुनगुनाउने छिटफुट दर्सकहरु कार्यक्रम देखिसकेपछीको
सन्तुस्टिले महंगाइको बुजो लागेको थियो ।

उक्त
मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रमको आयोजक नेपाली
लोक्तान्त्रिक मंच बेल्जियमलाई कार्यक्रम सफल गराइ बेल्जियम बासी
नेपालीहरु खुशी पार्नु पर्छ भन्ने उद्यस्यले यहाँ रहेका बिभिन्न
समाज सेवी ब्यक्ती वा संस्था प्रमुखहरुले आर्थिक सहयोग समेत
गरेका छन । आर्थिक सहयोग गर्नेहरुमा बेल्जियमका बरीस्ठ समाज सेवी
शाहदेव गौतम : हिमालयन रेस्टोरन्ट मालिक संथाका सदस्य पुष्पराज
अधिकारी : संस्थाका सदस्य बोधराज पौडेल : एन डि एफ संस्थापक
अध्यक्ष कृष्ण खतिवडा : ब्यावसायी संघ बेल्जियमका अध्यक्ष अर्जुन
श्रेष्ठ : हिन्दू सांस्कृतिक समितिका अध्यक्ष रबिन्द्र मान
श्रेष्ठ : महिला समाज सेवी तथा ईन्द्रधनुस क्लवका बर्तमान
उपाध्यक्ष अनन्ता गुरुङ : ब्यावसायिक संघका सदस्य तथा समाज सेवी
सागरदास श्रेष्ठ : समाज सेवी सुरेन्द्र मान अमात्य : हरी शर्मा
लगायत समाज सेविहरुले आर्थिक सहयोग पुर्याएका छन ।

साथै यस कार्यक्रम
लाई सफल बनाउन एन डि एफ बेल्जियम लगाएत एन डि एफ बेल्जियम महिला
सकृय दल र एन डि एफ बेल्जियमका पांच छेत्रीय समितीहरु परिचालित
थिय । एन डि एफ बेल्जियम केन्द्रिय समिती को निर्देशनमा क्षेत्र
प्रमुख अर्जुन गुरुङ अन्टवेरपेन : गोपाल सिंखडा लुभेन : डेभिड
थापा ब्रसेल्स : कुल बहादुर खत्री बुर्गे ओस्टन्डे : रमेश पौडेल
गेन्ट : बाट परिचालित थिय ।

साथै
उक्त सांस्कृतिक कार्यक्रमलाई सफल पार्ने अन्य सहयोगीहरु
राजनीतिक ब्यक्ती सामाजिक संस्था तथा कार्यक्रममा सहभागि भइ दिनु
भएका सबै उपस्थित प्रवासि नेपाली दाजु भाई दिदी बहिनीहरुमा एन डि
एफ बेल्जियमले हार्दिक आभार ब्यक्त गरेको छ । संस्थाका सदस्य
ईन्द्र प्रशाद ओली बाट कार्यक्रममा आउनु भएका सबैलाई स्वागत
गर्दै उद्घोसक सिवकुमार बरुवालले कार्यक्रम संचालन गरेको उक्त
सांस्कृतिक कार्यक्रम ९ बजे समापन भएको थियो ।