Home  About us  Activities  Contact  Feedback  Photo

ने..पा.(एमाले)का बरिष्ठ नेता तथा भूतपूर्व उप प्रधानमन्त्री के पी  शर्मा ओली  युरोप आउँदै

ने क पा एमालेका बरिष्ठ नेता तथा बिदेश बिभाग प्रमुख  एबम भूतपूर्व उप प्रधानमन्त्री के पी  शर्मा ओली  यही जनवरी २२ देखि फेब्रुअरी १ सम्म   युरोपका बिभिन्न देशहरुमा ने क पा एमालेको  सगठन बिस्तार तथा अन्य बिभिन्न सार्वजनिक कार्यक्रममा सम्बोधनको लागि आउँदै हुनुहुन्छ ।

१० दिने  युरोपको बसाइको क्रममा उहाँले युरोपको बिभिन्न देशमा रहेका ने क पा एमालेका का संगठन हरुले आयोजना गरेको खुला कार्यक्रमको सम्बोधन गर्नुको साथै त्यहाका नेपाली हरुलाई नेपालको सम्सामयिक राजनैतीक स्थितीको बारेमा पनि जानकारी गराउनु हुने छ ।

अहीले सम्म तय भएअनुसार उहाँले जनवरी २४ मा पोर्तुगलको लिस्बन सहरमा एन डी एफ पोर्तुगलको प्रथम राष्ट्रिय सम्मेलनको उद्वघाटन गर्दै त्यहाका नेपाली लाई सम्बोधन गर्नु हुने छ भने त्यसै गरि २५ जनवरीमा स्पेनको बार्सिलोनामा एन डी एफ स्पेनको सम्मेलनको उद्वघाटन गर्नु हुने छ । २६ , २७ र २८ जनवरीमा उहाँ बेल्जियम , लक्जेम्बर्ग हल्यान्ड लगायतका देशमा पार्टीको कार्यकर्ता हरु बीचको आन्तरिक भेटघाट र प्रशिक्षणमा ब्यस्त हुनु हुने छ भने जनवरी ३० मा जर्मनीमा एक खुला कार्यक्रम बीच एन डी एफ जर्मनीको सम्मेलनको उद्वघाटन गर्दै त्यहाका नेपाली बीच सम्बोधन गर्नु हुने छ ।

त्यस्तै जनवरी ३१ मा बेल्जियमको सहरमा एन डी एफ बेल्जियमले आयोजना गरेको बेल्जियमबासी नेपालीहरु बीचको बिशाल जनसभा लाई सम्बोधन गर्नु हुने छ भने यही बीचमा नेपाली दुताबासले आयोजन गरेको कार्यक्रम पनि उहाँ सहभागी हुनु हुने छ ।

थप जानकारी तथा संपर्कको लागि यहाँ हरुले निम्न टेलिफोनमा संम्पर्क गर्नु होला बेल्जियम - तुलसीनाथ सुबेदी -००३२४८४९२१२११ , शिव कुमार बरुवाल ००३२४९८१४५८०३

पोर्तुगल - योगेन्द्र बिक -००३५१९१८१६७७६९, सुबाश अधिकारी -००३५१९१३७६३१६८

स्पेन - पुष्प तिमिल्सना - ००३४६१०५७४०६४

जर्मनी -कुमार पन्त - ००४९६९३५०१५१ सन्तोष भट्टराई - ००४९४०७६९९०३०१

 



 

 

 

 

Coming events

ने..पा.(एमाले)का बरिष्ठ नेता तथा भूतपूर्व उप प्रधानमन्त्री के पी  शर्मा ओली  युरोप आउँदै

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com