Home  About us  Activities  Contact  Feedback  Photo
 

एन डि एफ बेल्जियमले यही ५ जुलाईमा भब्य  हास्य ब्यंग्य तथा सास्कृतिक कार्यक्रम गर्ने

एन डि एफ बेल्जियमले यही ५ जुलाईमा नेपालका चर्चित कमेडी (हास्यब्यांङे )कलाकार मनोज गजुरेलका साथमा अन्य गायक तथा रिमिक्स कलाकार शाहीत बेल्जियमको अन्ट्वेर्पेन शहरमा भब्य हास्य ब्यंग्य तथा सास्कृतिक कार्यक्रम गर्ने   गर्ने भएको छ ।

प्रवासि नेपालीहरुको चाहना अनुसार हास्यब्याङे कार्यक्रम सहीत युरो टुर मा निस्कियका मनोज गजुरेलका साथमा नेपाली चर्चित VERSATILE  SINGER  सुगम पोखरेल र रिमिक्स गुरु डिजे राजु रहेका छन । बिभिन्न युरोपका छ वटा मुलुकमा कार्यक्रम प्रदर्सन गर्ने उद्यस्यले नेपाल बाट आउने उक्त कलाकारहरुको टोलिले ५ जुलाईमा बेल्जियमको एन्ट्वेर्पेन शहर  REUZEN PORT TURNHOUTSEBAAN  110    -    2140 BOERGERHOUT    मा    दिनको ठीक तीन बजे कार्यक्रम प्रदर्सन गर्ने भएको छ ।

नेपाली लोक तान्त्रिक मंच बेल्जियमको आयोजनामा हुन गईरहेको उक्त मनोरन्जनात्मक कार्यक्रममा अत्यधिक प्रवासि नेपालीहरुले हांसेर स्वास्थ्य लाभ लिने अनुमान गरिएको छ ।  उक्त कार्यक्रमलाई सफल पार्न नेपाली लोक तान्त्रिक मंच बेल्जियमले संस्थाका सम्पूर्ण सदस्यहरु मुल  आयोजक समितीमा रहने गरी बिभिन्न  बिभिन्न उप समितिहरु पनि  निर्माण गरेको छ । उप समितिहरुमा प्रचारप्रसार उप समिती - संयोजक पुरुशोत्तम सुबेदी - ०४८६६२१३५६ टिकट बिक्री बितरण उपसमिती - प्रकाश कुमार कार्की - ०४७४२१५५६८ हल ब्यबस्था तथा सजावट उपसमिती - चन्द्र प्रकाश शर्मा - ०४८५५०३९९७ खानपिन ब्यबस्था उप समिती -   बुद्दी बराल यातायात ब्याबस्था उपसमिती - ०४८४६७६१७१ अर्जुन कुमार श्रेष्ठ अथिती सत्कार उप समिती - मुना के सि  ,स्व्यम सेवक परिचालन उप समिती -  अर्जुन गुरुङ सदस्य हरु ; अर्थ स्रोत संकलन उप समिती -  कृष्ण न्यौपाने  - ०४९४७१६०८१ कार्यक्रम ब्यबस्था तथा संयोजन उप समिती -  शिव बरुवाल - ०४९८१४५८०३  समान्वय तथा  अनुगमन  उप समिती -  ईन्द्र वली - ०४८८३६८४७३ रहेका छन भने उक्त उपसमितीले आवश्यकता अनुसार हरेक उपसमिती मा ५ देखी ९ जना सम्म सदस्य हरु राख्न सक्ने छन ।

 



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com