एनडीएफ जर्मनी / Nepalese Democrative Forum Germany
Home
Background
Objectives
Statute
Exe comitee
Regional comitee
General member
Documnetation
Online membership
Contact
Photo gallery
 

नेप्लीज डेमोक्र्याटिक फोरम जर्मनीको दोश्रो सम्मेलन सम्म्पन्न

 


 

नवराज रोस्यारा जर्मनी १८ माघ
प्रवासी नेपालीको संगठन नेप्लीज डेमोक्र्याटिक फोरम जर्मनी एन० डि० एफ० को दोश्रो राष्ट्रिय सम्मेलन जर्मनीमा सम्म्पन्न भएको छ । सम्मेलनको समुद्घाटन ने०क०पा० -एमाले का स्थायी समिती सदश्य तथा बरिष्ठ नेता के० पि० शर्मा ओलीले गर्नु भएको छ। नेपालमा संम्बिधान निर्माणको कार्य र शान्ती प्रक्रिया धरापमा परि रहेका बेलामा सम्पन्न भएको नेपाली लोकतान्त्रीक फोरम -एन० डि० एफ ०) को उक्त सम्मेलनमा नेपालबाट जर्मनी आएर बिभिन्न हिसावले जर्मनीको बिभिन्न भागमा वसोवास गरिरहेका र नेपालको प्रजातन्त्रीक प्रक्रियामा सहयोग गर्ने उद्येश्य बोकेका परदेशी नेपाली दिदी बहिनी, दाजुभाईहरुको उपस्थिती रहको थियो ।
         सम्मेलनको उद्घाटन समारोहमा नेपालको शान्ति प्रक्रिया र संम्बिधान निर्माण को बिषयमा छलफल र अन्र्तक्रिया कार्यक्रम समेत सम्पन्न भएको थियो । उदघाटन समारोहका प्रमुख अतिथि एवं ने० क० पा० -एमालेका बरिष्ठ नेता ओलीले शान्ती प्रक्रियाको एक महत्वपुर्ण पक्ष माओवादीहरु शान्ती प्रक्रिया र संम्बिधान निर्माण प्रति गम्भीर नभएको बिश्लेषण गर्दै माओवादीको आफु पनि नसुधि्रने र शान्ती प्रक्रियालाई पनि अघि बढ्न नदिनेे बाँदरे प्रबृती लाई तह लगाउन फकाएर मात्रै वा बल प्रयोग मात्रै गरेर नहुने बताउनु भयो। यस प्रसड्०गलाई थप प्रष्ट पार्दै उहाँले भन्नु भयो । बाँदरलाई नचाउन र तालिम दिनका लागि एक हातले डमरु बजाएर मात्रै पुग्दैन, त्यस्का साथै अर्को हातमा लौरो को पनि आवश्यकता पर्दछ। ठीक त्यस्तै गरेर बिद्रोही हरुलाई ठीक बाटोमा ल्याउनका निम्ती लौरो र डमरु दुबै को ताल र मात्रा मिलाएर सरकार र दलहरु द्वारा आवश्यक कार्यनिती र योजना तय गरिनु पर्दछ ।
 

         सम्मेलनका अन्य अतिथीहरु ने०क०पा० -एमालेका केन्दि्रय सदश्य गणेश तिमिल्सेना, हड्०गेरीमा मुख्य कार्यालय रहेको वरल्ड फेडेरेशन अफ युथ का उपाध्यक्ष योगेन्द्र शाही, एन० डी० एफ० स्पेन का अध्यक्ष पुस्प राज तिमिल्सेना, एन० डि० एफ० बेल्जीयम बाट सरस्वती चापागाई, एन० आर० एन० स्पेनका महासचिव तथा एन०डि०एफ० स्पेनका कोषाध्यक्ष दिनेश गुरुड०, जन सम्पर्क समिती जर्मनीका सदश्य श्याम कुमार खनाल लगायतका बक्ताहरुले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
उदघाटन र बन्द शत्र गरि दुई शत्रमा सम्पन्न उक्त सम्मेलन ले नब राज रोस्यारा लाई अध्यक्षताको जीम्मेवारी दिदै पन्ध्र सदस्यीय केन्दि्रय कमिटीको चयन गरेको छ । कमिटीको उपाध्यक्षमा रण बहादुर बि०क० , सचिवमा बाशु आर्याल, सह सचिवमा कुमार रेग्मी, कोषाध्यक्षमा बन्चना पन्त र सदश्यहरुमा इन्द्र गुरुड०, हरि न्युपाने, पदम भुषाल, सरोज पौडेल, चन्द्र कुमार खड्का, रजनी थापा र मधु क्षेत्री लाई सर्व सम्मतीको आाधारमा चयन गरिएको छ ।
त्यस्तै गरि सल्लाहकार कमिटीमा कुमार पन्त, सन्तोष भट्टराई, रामचन्द्र अधिकारी, खड्ग न्यौपाने, राज थापा, लिलाराज कार्की , रविन राई र देवेन्द्र भण्डारी रहनु भएको छ। एन० डी० एफ० जर्मनी को सम्मेलन संगै ने०क०पा० -एमाले पार्टी कमिटी जर्मनीको सम्मेलन पनि सम्पन्न गरिएको थियो । उक्त सम्मेलन मार्फत खड्ग न्यौपाने को अध्यक्षतामा उपाध्यक्ष रामचन्द्र अधिकारी, सचिव नब राज रोस्यारा र सह सचिव हरि न्यौपाने र सदश्यहरुमा कुमार पन्त सन्तोष भट्टराई, राज थापा, चन्द्र खड्का, राज कुमार घिमिरे, सुर्य गिरी, पासाड० डेण्डी शेर्पा रहने गरि ने०क०पा० -एमाले पार्टी कमिटी जर्मनीको पनि गठन गरिएको थियो ।

 

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
                                                              © copyright 2006 ndfbelgium.com                                 

Site Meter