नेपाली
ने क पा
एमालेको संगठन बिस्तार र युरोपमा रहेका नेपाली हरुलाई नेपालको
ससामयिक राजनैतीक स्थितीको बारेमा जानकारी गराउने उदेश्यले
युरोपको भ्रमणमा निस्कनु भएका ने
क पा एमालेका स्थाई कमिटीका सदस्य बिदेश बिभाग प्रमुख एबम
भुतपूर्व उपप्रधान मन्त्री के.पी.शर्मा.ओलीले
ल ३१ जनवरीमा बेल्जियमको शहर अन्र्वेर्पेन मा एन डी एफ
बेल्जियमले आयोजना गरेको बिशाल जना सभा लाई सम्बोधन गर्नु भएको छ
।

सम्बोधनको क्रममा
उहाँले देश अझै सक्रमण कालबाट गुज्री रहेकोले देशका राजनैतीक
पार्टीहरु बीच अझै एकता र समझ्दारी को खाचो रहेको कुरा आउल्याउदै
ने क पा माओवादीको कारणले अहीले तत्कालाई समझ दारी बन्न नसके पनि
अन्तमा माओवादी लाई पनि समझ्दारीमा ल्याएर शान्ति प्रक्रिया र
संबिधान निर्माणको प्रक्रिया लाई निर्धारित समयमा नै टुग्याउन
आफ्नो पार्टी प्रतिबद्व रहेको जानकारी गराउनु भयो ।

सम्बोधन कै क्रममा
उहाँले एमालेलेनै जङल माओवादीलाई बाट शान्तिको बाटोमा
ल्याएको र
अब सैदान्तिक हिसाबले पनि माओवादीको
आफ्नो कुनै
राजनैतीक कार्यदिशा नभएको ले मदन भण्डारीले
प्रतिपादन
गर्नु भएको जनताको बहुदलिय जनबादमा नै आएर समाहित भएको तर पनि
अझै व्याबहारिक रुपले हिंन्सा र आतंक लाई माओवादी ले त्याग्न
नसके को कुरा प्रस्ट्याउनु भयो । माओवादी लाई एमालेले नै ९ महिना
सम्म बोकेर सरकारमा पुर्यएको तर आफ्नै उग्र कानुन र बिधी
बिपरितको कामले गर्दा सरकार बाट हट्नु परेको र अझै पनि जनता लाई
झुक्याउन र समयमा नै संबिधान बन्न नदिन सड्क र सदन मा बिभिन्न
बाहाना मा आन्दोलन गरेपनी यस आन्दोलनमा जनताले साथ नदिएकोले यो
आन्दोलनको पनि कुनै औचित्य नरहेको बताउनु भयो । साथै उहाले
१२ बुदे समझ्दारी र बृहत शान्ती सम्झौता
अनुसार माओवादीका लडाकु हरु लाई
उचित ब्याबस्थापन
गरिनु पर्ने भनी सहमती भएको र उक्त सम्झौतामा माओवादी लडाकु लाई
कही कतै पनि सेना नभनिएको कुरा स्पस्ट पार्नु
भएको छ । माओवादीका
लडाकुहरु
लाई मिलाएर
राष्ट्रिय सेना बनाउने नभइ केवल रेखदेख,
पुनर्स्थापना
र योग्यता पुगेका लडाकुहरुलाई मात्र सुरक्षा निकायह
रुमा
समावेश गर्ने सहमति भएको कुरा बताउनु भएको छ ।
त्यस्तै सम्बोधनको
क्रमामा नेपाल बाट आउनु भएका ने क पा एमालेका केन्द्रिय सदस्य
एबम धौलागिरी सह इन्चार्ज गणेश तिमिल्सनाले नेपालमा संबिधान
निर्माणको प्रक्रियाको बारेमा जानकारी गराउदै अझै पनि संबिधान
निर्धारित समयमा नै बन्ने कुरामा आफु अश्वस्त रहेको तर यो बीचको
माओवादीको गतिबिधीले संबिधान निर्माणको प्रक्रियामा अली असर
परेको कुरा ब्यक्त गर्नु भयो । साथै उहाँले माओवादी संबिधान
सभामा सबै भन्दा ठुलो पार्टी भएर पनि उसको आफ्नै कारणले गर्दा
सरकार बाट हट्नु परेको र संबिधान निर्माणको लागि बनेको संबिधान
सभा ,
सम्बैधानिक समिती
कही पनि उसले नेत्रित्वो गर्न नसकेको धारणा ब्यक्त गर्नु भएको
थियो।
साथै उहाले
एमालेको ९ महिने सरकार ईतिहासमा नै अती लोकप्रिय सरकार भएको तर
माओवादी बिभिन्न बाहनामा डर त्रास र केही आस देखाए र संबिधान
सभामा ठुलो पार्टी भएर सरकार चलाउदा जनताको लागि केही पनि नयाँ र
जनमुखी कार्यक्रम ल्याउन नसकेको बरु एमालेले ल्याएको आफ्नो आफै
बनाउ लाई शब्द परिवर्तन गरेर आफ्नो गाउ राम्रो बनाउ
,
र गाउ गाउ मा
सहकारी र घर घर मा रोजगारी लाई गाउ गाउ
मा सहकारी र
घर घर मा भकारी
बनाएको जस्ता
उदाहरण दिदै माओवादीमा कुनै मौलिक कार्यक्रम नभएको सैदान्तिक
रुपले पनि एमालेकै जबज मा आएको र कार्यक्रम पनि एमालेकै नक्कल
गरेकोले एमालेको सिदान्त र कार्यक्रमनै नेपालको लागि सर्ब
श्रेष्ठ रहेको जिकिर गर्नु भयो ।
उक्त कार्यक्रम
नेपाली दुताबास बेल्जियमका महामहिम राजदुत प्रमेश कुमार हमाल
,
एन डी एफ बेल्जियम
को तर्फबाट पुष्प राज अधिकारी,
बिस्वो
प्रजातान्त्रिक युवा सघका उपादक्ष्य योगेन्द्र शाही
,
एन डी एफ स्पेनका
अध्यक्ष्य पुष्प तिमिल्सना ,
एन डी एफ
हल्यान्डका अध्यक्ष्य टिकाराम सापकोटा
,
एन डी एफ जर्मनीका
सल्लाहाकार सन्तोष भट्टराई ,
एन आर एन
बेल्जियमका अध्यक्ष पीजी शेर्पा ,
एन आर एन
स्पेनका महा सचिब दिनेश गुरुङ ,
जन
प्रगतीशिल मञ्च बेल्जियमका अध्यक्ष बिष्णु भुजेल
,
जन संपर्क समिती
बेल्जियमका महा सचिब कमल सिटौलाले पनि आ आफ्नो भनाइ राख्नु भएको
थियो । एन डि एफ बेल्जियमका अध्यक्ष तुलसी नाथ सुबेदी को
अध्यक्ष्यता मा सम्पन्न उक्त कार्यक्रमको संचालन एन डि एफ
बेल्जियमका महासचिव शिव
कुमार बरुवालले
गर्नु भएको
थियो भने एन डि एफ बेल्जियमका उपाध्यक्ष
इन्द्र
प्रशाद
ओलीले स्वागत मन्तब्य राख्नु भएको थियो । एन डि एफ महिला
कमिटी
को तर्फ बाट ड्यासमा उपस्थित अथितिहरु लाई खाता ओढाउने र ब्याच
बितरण गरिएको कार्यक्रममा संस्थाका सचिब प्रकाश कार्कीले सबै लाई
धन्यवाद मन्तब्य राख्नु भएको थियो ।
४,५
सयको संख्यामा उपस्थित यस प्रकारको कार्यक्रम बेल्जियममा भएका
राजनैतीक कार्यक्रममा सबै भन्दा बढी सहभागिता भएको कार्यक्रम
भएको कुरा उपस्थित माहानुबाट सुन्न पाइन्थ्यो । र अन्त्यमा
संस्था का अध्यक्ष बाट उपस्थित सबै अथिती र सहभागी र
कार्यक्रममा खट्ने एन डी एफ सम्पुर्ण सदस्य र बिशेष गरेर
कार्यक्रमको आयोजना स्थल आन्त्वेर्पेनको एन डी एफको कमिटी र एन
डी एफ महिला कमिटी लाई धन्यवाद दिदै कार्यक्रमको बिसर्जन गरिएको
थियो ।