Home  About us  Activities  Contact  Feedback  Photo

तस्करी धन्दामा माओवादी

काठमाडौं। दृष्टि प्रतिनिधि
नेपाली राजनीतिमा नैतिकता र सदाचारको सबैभन्दा चर्को व्याख्या गर्ने एकीकृत नेकपा माओवादी नै सबैभन्दा बढी अनैतिक र कालो धन्दामा लिप्त भएका दर्जनौं प्रमाणहरु खुल्न थालेका छन्। यही असारको अन्तिम साताबाट जारी केन्द्रीय समिति बैठकमा केही स्वाभिमानी पोलिट्ब्युरो र केन्द्रीय सदस्यहरुले आफ्ना नेताहरुको यस्तो तस्करी धन्दाका विषयमा चर्को प्रश्न उठाएपछि शीर्ष नेतृत्व घेराबन्दीमा परेकाले पटक–पटक बैठक स्थगित गर्दै आएको छ। पार्टीका अधिकांश नेता/कार्यकर्ताहरु अवैध धन्दामा लिप्त भएपछि 'समाज रुपान्तरण' का नाममा 'अद्भूत क्रान्तिकारी' नारा दिने माओवादीका इमान्दार र सिद्धान्तनिष्ठ कार्यकर्ता पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ।
माओवादीले पटक–पटक आफूलाई 'सर्वहारा वर्ग' को एक मात्र असली प्रतिनिधि दाबी गर्दै 'जनता'को जीवनस्तर माथि नउठुन्जेलसम्म आफ्नो हैसियत पनि त्यही स्तरमा राखिरहने प्रतिबद्धता सार्वजनिक गर्ने गरेको थियो। यही नाराको जगमा संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा उदाएर ९ महिना सरकारको नेतृत्व गर्ने अवसरसमेत पाएको माओवादीका सबै तह र तप्काका नेता/कार्यकर्ताहरु 'लुट र मोज गर' को नीतिमा आधारित भएर प्रत्यक्ष/परोक्ष रुपमा विभिन्न अवैध धन्दा सञ्चालन गरिरहेका छन्। अवैध धन्दालाई दाहाल निकटस्थ तथा नातेदारले संरक्षण गरिरहेका छन्। दाहालका एक मात्र छोरा प्रकाशले भर्खरै राजधानीको मातातीर्थमा करिब १५ रोपनी जमिन खरिद गरेका छन््। यद्यपि त्यो जमिन उनले आफ्ना नाममा पासचाहिँ गराएका छैनन्।
प्रकाशले यार्सागुम्बा चोरी निकासीको पनि नेतृत्व गर्ने गरेका छन्। त्यो समूहमा पूर्वशान्तिमन्त्री समेत रहेका पोलिट्व्युरो सदस्य जनार्दन शर्मा 'प्रभाकर', रामहरि श्रेष्ठको हत्या आरोपी कालीबहादुर खाम 'विविध' र समिर दाहाल संलग्न छन्। प्रचण्डका भतिजा समिर केही वर्ष अघिसम्म चितवन–काडमाडौंमा अण्डा व्यापार गर्दथे। व्यापारमा घाटा लागेपछि ऋण तिर्न नसकेर माओवादीमा होलटाइमर भएका हुन्। स्रोतका अनुसार उनीहरुकै निर्देशनमा रोल्पामा रहेको पाचौं डिभिजन, सुर्खेतमा रहेको छैटौं डिभिजन र कैलालीमा रहेको सातौं डिभिजनका केही लडाकुहरुलाई डोल्पा, मनाङलगायत जिल्लाहरुमा यार्सागुम्बा संकलन गर्न पठाइएको थियो। यसरी पठाइएकामध्ये केही छापामार विरामीसमेत भएका थिए। त्यसपछि उनीहरुलाई हतार–हतार अस्थायी शिविरमा ल्याएर उपचार गराइएको थियो।
माओवादीका धेरैजसो नेताको आँखामा अहिले निकै मौलाएको घरजग्गा कारोबारमा गडेको छ। माओवादी जनयुद्धका रणनीतिकार रामबहादुर थापा 'बादल' ले आफ्ना स्वकीय सचिव पूर्व ब्रिगेड कमान्डर चीनबहादुर तामाङ 'मुक्ति' मार्फत् घरजग्गा कारोबार सुरु गरेका छन्। बादलले काठमाडौंको मातातीर्थमा २० रोपनी र भक्तपुरको दुवाकोटमा ५० रोपनी जग्गामा प्लटिङ गराएका छन्। त्यस्तै अर्का नेता कृष्णबहादुर महराले स्वकीय सचिव महर्जनमार्फत् सुनाकोठी, बालकोट र गल्फुटारमा जग्गा खरिद गरेका छन् भने प्रवक्ता दीनानाथ शर्माले नातेदारमार्फत् पार्टनरमा जग्गा कारोबारमा संलग्न छन्। सभासद शर्माले त आफ्नो नाममा दर्ता गराएको वा ०००१ अ २५ नंं को गाडी बुटवल पुर्यानएर निजी नम्बर प्लेट राखी भाडामा लगाएको बुझिएको छ। शर्माले भाडामा लगाएको गाडीलाई बुटवलबाट प्रहरीले पक्राउ गरी ल्याएर यातायात व्यवस्था विभागमा बुझाएको थियो। अघिल्लो बुधबार बिहानै शर्मा आफैं यातायात कार्यलय पुगी गाडी छुटाएर पुनः बुटवल नै पठाएका छन्। शर्मा आफू भने भे१च ७२३ नम्बरकोे खराने रंगको ब्ोलेरो चढ्ने गरेका छन्। जुन नम्बर कहीँ पनि दर्ता भएको छैन। हुन त मोहन वैद्य, सिपी गजुरेल, टोपबहादुर रायमाझीले चढ्ने गरेका गाडीको नम्बर पनि नक्कली नै हो।
माओवादी नेताहरुले प्रयोग गरिरहेका महंगा गाडीको अवैध ओसार–पसार चाहिँ सुनौली भैरहवा नाकाबाट हुने गरेको छ। यो नाकामा तस्करीको जिम्मा लिएका छन् रामप्रसाद बन्जाडेले। यो धन्दालाई संरक्षण गर्ने उत्तरदायित्व लिएका छन् सचिवालय सदस्यसमेत रहेका टोपबहादुर रायमाझी 'अनिल' र डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल 'वलदेव' ले। खासा तस्करीको ठेक्का सिन्धृुपाल्चोक क्षेत्र नंं १ का सभासद्समेत रहेका राजकुमार श्रेष्ठ 'अजित' ले गर्ने गरेका छन्। उनी द्वन्द्वकालमा माओवादी सेनाको प्राविधिक विभागमा थिए। जसको काम हतियार मर्मत तथा निमार्ण गर्नु थियो। श्रेष्ठको धन्दालाई सैन्य सहयोग विविध र संरक्षण पोलिट्व्युरो सदस्य एवं ताम्सालिङ राज्य समितिका इन्चार्ज अग्नि सापकोटा 'कञ्चन' ले गरिरहेका छन्।
राजधानीमा व्यापारीलगायत अन्यलाई धम्क्याउने, अपहरण गर्ने फिरौती लिने ठेक्कापट्टाको जिम्मेवारी लिएका छन् वाईसीएल उपत्यका इन्चार्जसमेत रहेका सभासद चन्द्रबहादुर थापा 'सागर' ले। केही सयमअघि मात्र काठमाडौं क्षेत्र नं. २ का वाईसीएल इन्चार्ज दिपेन्द्र तिमिल्सेनाको नेतृत्वमा महेश सारडालाई अपहरण गरिएको थियो। देवेन्द्रले प्रहरीलाई दिएको वयानअनुसार त्यो अपहरण सागरकै निर्देशनमा भएको हो र अपहरण गर्न प्रयोग भएको बोलेरो गाडी सागरले नै प्रयोग गर्ने गरेका छन्। तर, सार्वजनिक रुपमा भने सागर भ्रष्ट्राचारको तिखो आलोचना गर्दछन्।
रक्तचन्दन तस्करीमा पनि सागरको भूमिका अहम् नै छ। माओवादी सचिवालय सदस्यसमेत रहेका सभासद वर्षमान पुन 'अनन्त', प्रभाकर, विविधले संरक्षण गर्ने गरेका छन् सागर नेतृत्वको त्यो धन्दालाई। तस्करहरुसँग कुरा नमिलुन्जेल माओवादीले केही ट्रक रक्तचन्दन बरामद गरेको नाटक गरेको थियो। तस्करहरुसँग कुरा मिलाउने काम सागरकै अगुवाईमा भएको थियो। त्यसयता पनि निरन्तर चन्दन तस्करी भइरहेको छ। यद्यपि आधा हिस्सा माओवादीले पाउन थालेपछि चन्दन पैठारी निकासीको कुरा बाहिर आउनै छोडेको छ। भर्खरै कोटेश्वरको पेरिसडाँडामा खरिद गरिएको पार्टी कार्यालय भवनका लागि पनि ठूलो घोटाला भएको स्रोतको भनाइ छ।
कतिसम्म भने कार्यालय खरिदका लागि माओवादीले मजदुर, विद्यार्थीलगायत सबैसँग न्यूनतम एक सय रुपैयाँ उठाएको थियो। यसरी कुल आठ करोड रकम संकलन भएकोमा २ करोड मात्र कार्यालय खरिदका लागि लगानी भएको थियो। बाँकी ६ करोड रकम टे्रड युनियन महासंघका अध्यक्षसमेत रहेका सभासद शालिकराम जमकटेललगायतले बाँडीचुडी गरेको कुरा पनि माओवादी पंक्तिमा ब्यापक चर्चाको विषय बनेको छ। त्यही रकमबाट जमरकटेलले भक्तपुरमा घर/जग्गा खरिद गरेको स्रोतको दावी छ। यद्यपि उनले त्यो घर/जग्गा ससुरालीले दाइजो दिएको बताउने गरेका छन्। माओवादीले सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रमा सहिद सहकारी संस्था खोलेको छ। जसमा माछा, बंगुर, बाख्रालगायत पालन गरिएको छ। बाबुराम भट्टराई अर्थमन्त्री छँदा उनैले त्यो सहकारीको उद्घाटन गरेर एक करोड रकम दिएका थिए। भट्टराईले दिएको उक्त एक करोडमध्ये करिव ६० लाख रकम अग्नि सापकोटाले चप्काएको माओवादी कार्यकर्ता नै बताउँछन्।
माओवादी शीर्ष नेताहरुको अवैध धन्दा यतिमा मात्र सीमित छैन्। ०६४ माघमा माओवादी लडाकुका तत्कालीन डेपुटी कमान्डरहरु वर्षमान पुन र जर्नादन शर्माले फिटराइट कम्पनीबाट करिव २१ हजार थान जुत्ता लिएका थिए। फिटराइट कम्पनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका भतिजा विराट थापाको हो। कम्पनीबाट ६ सय ५० रुपियाँमा उनीहरुले जुत्ता लिएकोमा छापामारहरुलाई ९ सय ३५ को बिल पेश गरेर नेताद्वयले लाखांै रकम झ्वाम बनाएको स्रोत बताउँछ। नेताहरु यस्ता अवैध धन्दामा चुर्लुम्म डुबेको सुइको पाएपछि जारी केन्द्रीय समिति बैठकमा नेतृ जयपुरी घर्ती, किसान नेता शिवराम गौतम, सन्तोष बुढामगरलगायतको तिखो आलोचना गरेका थिए। बैठकमा नेतृ घर्तीको भनाइ थियो– 'नेताहरु यति धेरै भ्रष्ट हुन थाले कि अब त जनताको अगाडि मुख देखाएर हिंड्न पनि लाज लाग्न थालिसक्यो। यदि नेताहरुले आफ्नो व्यावहारलाई नसुधार्ने हो भने अरु पार्टी र हामीमा कुनै फरक रहने छैन।' एमाले छाडेर माओवादी बनेका गौतमले एमालेलाई अब हामीले के मुखले गाली गन भन्ने प्रश्न गरेका थिए।
स्रोतका अनुसार यतिखेर माओवादी नेताहरु गुमेको शक्ति पुन प्राप्त गर्न तस्करीबाट संकलित रकम खर्च गर्दै साधु/सन्त/धर्मको सहारा लिन थालेका छन्। माओवादी अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पक्षमा लविङ गरिदिन आग्रह गर्दै चितवनका योगी कमलनयनलाई करिव ५० लाख रकम दिएका छन्। करिव एक महिना अघि चितवन पुगेर योगीको शरणमा पर्दै दाहालले त्यो रकम दिएका सुत्रको दाबी छ।



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com