Home  About us  Activities  Contact  Feedback  Photo

एन डी एफ बेल्जियम एन्टरपेन क्षेत्रिय  कमिटीको प्रथम बैठक सम्पन्न

 नेपाली लोकतान्त्रिक मञ्च बेल्जियमकोएन्टरपेन क्षेत्रिय  कमिटीको प्रथम बैठक २ मेमा एन डी एफ बेल्जियम एन्टरपेन क्षेत्रिय  कमिटीका अध्यक्ष अर्जुन कुमार गुरुङको अध्यक्ष्यतामा सम्पन्न भएको छ ।

१८ अप्रिल २०१० मा सम्पन्न दोस्रो क्षेत्रिय सम्मेलन बाट निर्नाचित यस समिती यस प्रथम बैठकमा एन डी एफ केन्द्रिय कमिटीको तर्फ बाट कमिट का अध्यक्ष तुलसीनाथ सुबेदी , महासचिब शिव बरुवाल र कोषादक्ष्य कृष्ण प्रसाद न्यौपानेको पनि उपस्थिती रहेको थियो । १७ सदस्यिए नब निर्बाचित समितीका सम्पुर्ण पदाधिकारीहरु बैठकमा उत्साहाका साथ उपस्थिती हुनु भएको थियो । संस्थाका सचिब बुद्वी बहादुर बरालले बैठकको प्रस्ताब हरु प्रस्तुत  गर्नु भएको थियो भने बैठक ले १८ अप्रिल २०१० मा सम्पन्न एन डी एफ बेल्जियमको एन्टर्पेन क्षेत्रिय सम्मेलन   एतिहसिक सफल भएको निस्कर्श निकाल्दै उक्त सम्मेलन सफल पार्न उपस्थिती हुनु भएका सम्पुर्ण अतिथीहरु , सहयोगीहरु सबै लाई धन्यवाद ब्यक्त गरेको छ ।

बैठकमा केन्द्रिय अध्यक्ष तुलसीनाथ सुबेदी बाट बैठक संचालन र अनुशासन , महसचिब शिव बरुवाल  बाट एन डी एफ स्थापना उदेश्यको बारेमा प्रकाश पार्दै संस्था चलाउनको लागि सुचना र संचारको महत्वोको बारेमा र कोषादक्ष्य कृष्ण प्रसाद न्यौपाने बाट संस्थाको कोश र लेबीको बारेमा जानकारी  गराउनु भएको थियो । बैठकमा उपस्थित सम्पुर्ण सदस्यहरुले यी बिषयहरुमा गम्भिर छल्फल गरि सर्ब सम्मती बाट बैठक संचलन को बिधी र समय अबधी , संस्था को कोश र लेबीको बारेमा सर्ब सम्मती बाट निर्णय गरेको छ ।  त्यस्तै बैठकले ३ देखि ५ जना सम्म को सल्लाहाकार राख्न्ने निर्णय गरि हाल लाई सुर्य निरौला र टिकाराम गुरुङ लाई सल्लाहाकारमा राख्न्ने निर्णय गरेको छ ।
 

त्यस्तै बैठकले सुचनार  संचार ,  सुचनाका अधुनिक प्रबिधी  कम्प्युटर र ईन्टरनेटको बारेमा एन डी एफ बेल्जियमको एन्टरपेन क्षेत्रियसमितीले इस्चुक  सदस्य लाई जानकारी गराउनको लागि निकट भबिश्यमा कम्प्युटर सम्बन्धी कक्षा संचालन गर्ने र एन डी एफ बेल्जियमका महसचिब शिव बरुवालले निशुल्क फेसिलेटर हरु को  ब्यबस्था गर्ने पनि निर्णय गरियो ।

साथै यस नैठकले आगामी जुलाई ११ मा हुन गई रहेको एन दी एफ बेल्जियम को सम्मेलन एन्टरपेनमा नै भको ले आफु होस्ट शहरको हैसियत ले केन्द्रको निर्णय र निर्देशन अनुसार उक्त सम्मेलन सफल पर्न आबश्यक सम्पुर्ण सहयोग गर्ने पनि निर्णय गरेको छ।
बैठकमा निम्न पदाधिकारीहरु को उपस्थिती रहेको थियो ।
अध्यक्ष अर्जुन कुमार गुरुङ , उपाध्यक्षमा श्याम उप्रेती (राजा) सचिवमा बुद्धी बहादुर बराल ,कोसाध्यक्ष
राजन बस्नेत सदस्यहरुमा चन्द्र प्रकाश शर्मा , हिमाली न्यौपाने , मन्जु पौडेल (बिमला), शारदा अर्याल , मुना ताम्राकार , इन्दिरा खनाल , ज्ञानु बरुवाल ,झुना निरौला  , मन्दिरा गुरुङ , तुङगा निरौला , थमनघर्ती ,

 

 

 

 

हार्दिक श्रद्वाञ्जली


हाम्रा मित्र तथा एन डी एफ बेल्जियमका निबर्तमान उपादक्ष्य बोध राज पौडेलको बुवा मणी रत्न पौडेलको यही चैत्र १५ मा स्वार्गरोहण भएकोमा  दिबंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक शन्तप्त परिवार प्रति हार्दिक समबेदना ब्यक्त गर्दछौ ।
एन डी एफ बेल्जियम परिवार

Coming events

ने.क.पा.(एमाले)का महा सचिब कमरेड इश्वर पोख्रेल युरोप आउँदै

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com