Home  About us  Activities  Contact  Feedback  Photo

बेल्जियममा नेपाल फेस्टिबल सम्पन्न

पुरुशोत्तम सुबेदी
गत शनिबार आईतवार   २७  ।  २८ जुन २००९ मा बेल्जियम ब्रसेल्स स्थित सिन्ट क्याथरिन पार्कमा नेपाली दुताबास सहीत यहाँ रहेका बिभिन्न नेपाली संघ संस्थाहरुको संयुक्त पहलमा नेपाल फेस्टिबल २००९ सम्पन्न भयको छ । २७ जुन ठीक दिनको एक बजे देखी सुरु भयको उक्त फेस्टिबल २८ जुन सांझ ७ बजे समापन भएको थियो । मेलामा  नेपाल - बेल्जियम - स्पेन र हल्यान्ड गरी चार देसका मानिसहरुले प्रत्यक्ष भाग लियका थिय । नेपाली दुताबसको अग्रसरतामा थालिएको उक्त फेस्टिबलमा यहाँ रहेका १४ संघ संस्थाहरुले प्रत्यक्ष स्पोन्सर  सहयोग पुर्याएका थिए ।

नेपाली दुताबास बेल्जियम:  गैर आवासिय नेपाली संघ बेल्जियम: नेपाली लोकतान्त्रिक मंच बेल्जियम : जन प्रगती मंच बेल्जियम : जन संपर्क समिती बेल्जिय : नेपाली ब्यावसायिक संघ बेल्जियम:  साथै विश्व मगर संघ:  पासा पुच : तमुसमाज: सांघ्रिला समाज : सेर्पा समाज : मोना बेल्जियम : तामांङ समाज र अन्त राष्ट्रिय नेपाली साहित्य समाज लगायतका संघ संस्थाहरुले सहयोग पुर्याएका थिए भने ब्यक्तीगत सहयोगमा अर्जुन श्रेष्ठ : पि जि शेर्पा : रबिन्द्र मान श्रेष्ठ: युवराज गुरुङ :सागर दास श्रेष्ठ : नेत्र बहादुर मगर :जानकी गुरुङ : सोनम लामा  र श्री पिडी लगाएतले सहयोग पुर्याएका थिए भने यसको प्रचार प्रसारको छेत्रमा सहयोग  एन डि एफ बेल्जियमले गरेको थियो ।

सो मेलामा नेपालका हस्तकला,चीया, कफि र हर्वल उत्पादन, नेपाली खानेकुरा, तयारी पोशाक, सास्कृतिक कार्यक्रम तथा पर्यटन प्रर्बधनात्मक लगाएतका सामाग्रीहरु लगाएत  कार्यक्रमहरु प्रस्तुत गरिएका थिए । उक्त मेलामा घर जग्गा खरिद बिक्री सम्बन्धी काठमांडौ प्रोपर्टी डिलरको प्रचार प्रसार लाई नेपाली ब्यावसायी संघ बेल्जियमले गरेको थियो । त्यस्तै स्पेन बाट बिजेता ट्रेडर्स यस एल (बिनोद खनाल) द्वारा पनि नेपालमा उत्पादित हस्तकला संबन्धिका सामाग्रीहरुको बिक्री गरियको थियो ।  त्यस्तै हल्यान्ड बाट सोही देशका नागरिकले हल्यान्ड काठमाण्डौ एअर बस फ्लाइट संचालन भएको बारे अवगत गराएका थिय ।

समरण रहोस उक्त मेलामा सहभागि हुन आएका नेपालीहरुले परीयोजना स्थल गलत स्थानमा भएको । नेपालीहरुको घनाबस्ती भएको स्थान देखी टाढा रहेको र पर्याप्त मात्रामा नेपाली तथा बिदेशी मानिसहरु नभएको आरोप आयोजक पक्षलाई लगाएको छ ।



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com