गत २५ जनवरी
स्पेनको बार्सिलोनामा नेपाली लोक तान्त्रिक मञ्च स्पेनको प्रथम
सम्मेलन पुष्पराज तिमिल्सना को अध्यक्षता मा २१ सदस्यिय
कर्यसमिती निर्बाचित गरि भब्य रुपमा सम्पन्न भएको छ । उक्त
सम्मेलनलाई युरोपको १० दिने भेटघाट कार्यक्रममा आउनु भएका ने क
पा एमालेका स्थाई कमिटीका सदस्य बिदेश बिभाग प्रमुख एबम भुतपूर्व
उपप्रधान मन्त्री
के.पी.शर्मा.ओलीले
भव्य समारोहका
बीच उदघाटन गर्नु
थियो ।
उक्त सम्मेलनमा
प्रमुख अथितीको आसन बाट शुभ कामना मन्तब्य दिदै
कमरेड
के.पी.शर्मा.ओलीले
नेपालमा शान्ति
प्रक्रियालाइ जति सक्दो छिटो तर्किक निस्कर्समा पुर्याउनको लागि
माओवादी जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने कुरामा जोड दिनु भएको
छ । साथै उहाले १२ बुदे समझ्दारी र बृहत शान्ती
सम्झौता
अनुसार माओवादीका लडाकु हरु लाई
उचित ब्याबस्थापन
गरिनु पर्ने भनी सहमती भएको र उक्त सम्झौतामा माओवादी लडाकु लाई
कही कतै पनि सेना नभनिएको कुरा स्पस्ट पार्नु
भएको छ । माओवादीका
लडाकुहरु
लाई मिलाएर
राष्ट्रिय सेना बनाउने नभइ केवल रेखदेख,
पुनर्स्थापना
र योग्यता पुगेका लडाकुहरुलाई मात्र सुरक्षा निकायहरुमा समावेश
गर्ने सहमति भएको कुरा बताउनु भएको छ ।
मन्तव्यको क्रममा वँहाले
न्याय,
समानता,
स्वतन्त्रता,
लोकतन्त्र,
मानवअधिकार,
अग्रगति र
समृद्धि ने.क.पा.(एमाले) को अभिष्ट भएकोले संविधान निर्माणमा यी
विषयमा
सम्झौता गर्न
नसकिने विचार ब्यक्त गर्नुभयो। माओबादीका अतिवादी विचारलाई
पराजीतगरी
उसलाई
सच्याउनाका लागी आफुले अथक प्रयत्न गरिरहने धारणा
समेत उहाँले ब्यक्त
गर्नु भयो !
गैर
आवासीय
नेपालीहरुका समस्याका बारेमा आफू पूर्ण परिचित रहेको हुँदा
दोहोरो नागरिकता,
कतिपय मुलुकमा
दुतावास निर्माण तथा अधिकार सम्पन्न कन्सुलरको व्यवस्था तथा
नेपाल
यूरोप सिधा हवाई
उडान जस्ता सवालमा आफू संवेदनशील रहेको र तिनको उचित समाधानका
लागी
नेपालमा गएर
आफुले पहल गर्ने विश्वास दिलाउनुभयो
त्यस्तै
बिशेष अतिथीको आसन बाट कार्यक्रम लाई सम्बोधन गर्दै
ने क पा
एमालेका केन्द्रिय सदस्य एबम धौलागिरी सह इन्चार्ज गणेश
तिमिल्सनाले नेपालमा संबिधान निर्माणको प्रक्रियाको बारेमा
जानकारी गराउदै अझै पनि संबिधान निर्धारित समयमा नै बन्ने कुरामा
आफु अश्वस्त रहेको तर यो बीचको माओवादीको गतिबिधीले संबिधान
निर्माणको प्रक्रियामा अली असर परेको कुरा ब्यक्त गर्नु भयो ।
साथै उहाँले माओवादी संबिधान सभामा सबै भन्दा ठुलो पार्टी भएर
पनि उसको आफ्नै कारणले गर्दा सरकार बाट हट्नु परेको र संबिधान
निर्माणको लागि बनेको संबिधान सभा ,
सम्बैधानिक
समिती कही पनि उसले नेत्रित्वो गर्न नसकेको धारणा ब्यक्त गर्नु
भएको थियो। उक्त
कार्यक्रम लाई
युरोपका बिभिन्न देशहरु
बाट सहभागी
अतिथीहरु एन डी एफ जर्मनीका अध्यक्ष सन्तोष भट्टराई
,
एन डि एफ
बेल्जियमका महासचिव सिवकुमार बरुवाल,
एन डी एफ
पोर्तुगलका सल्लाहाकार सुबाश पोख्रेलले पनि सम्बोधन गर्नु भएको
थियो
।
युरोप एन डी एफ मय
हुँदै गएको बर्तमान अवस्थामा एन डि एफ स्पेनको प्रथम सम्मेलन
बाट
पुष्पराज तिमिल्सिनाको
अध्यक्षतामा १९
सदस्यीय कार्यसमिती सर्वसम्मतिले चयन गरेको छ। कमिटीका अन्य
पदाधिकारी
तथा सदस्यहरुमा
उपाध्यक्ष गंगा देवी शर्मा,
महासचिव दीपक खरेल,
सचिव राजु
बस्नेत,
कोषाध्यक्ष बिनु
गुरुङ र सदस्यहरुमा लक्ष्मण शर्मा,
राजेन्द्रराज पाण्डे,
गणेश
बानिँया,
दिल बहादुर
नेपाली,
मनीता मिश्र, जय सापकोटा,
दीपा गुरुङ ,याङ्ग्दु
शेर्पा
(भिक),
लाक्पा छिरी शेर्पा
(भिक),
गम बहादुर बी.क,
यम बहादुर
गुरुङ (प्रेम),
सन्तोष पौडेल,
विकाश भक्त
खरेल (भ्यालेन्सिया) र लेख मान भण्डारी (माड्रिड)
रहनुभएको छ
। दुई सत्रमा संचालित कार्यक्रमको दोश्रो सत्रको अध्यक्षता हेम
शेर्पाले
र सञ्चालन मुक्त गुरुङले
गर्नु भएको थियो। साथै
अधिवेसनले हेम शेर्पाको
अध्यक्षतामा धन
बहादुर गुरुङ,
नेत्र नारायण शर्मा,
प्रेम
बहादुर गुरुङ,
सन्त बहादुर
गुरुङ,
बल बहादुर
कार्की,
भीम श्रेष्ठ र राम
बहादुर लामिछाने (बिल्बाऊ) सदस्य
रहेको
सल्लाहकार समिति
निर्विरोध चयन गरेको छ।
एन.डी.एफ अध्यक्ष
पुष्पराज
तिमिल्सिनाको
अध्यक्षतामा र दीपक खरेलको संचालनमा भएको उक्त कार्यक्रममा
NRN ICC
सदस्य रामलाल कंडेल, NRN
स्पेनका अध्यक्ष
अनिल गुरुङ,
नेपाली
जनसम्पर्क
समितिका अध्यक्ष पुष्पराज भण्डारी,
नेपाली
जनप्रगातिशील मञ्चका
अध्यक्ष इश्वर
शर्मा,
तमु समाज
बार्सिलोनाका अध्यक्ष ओमर बहादुर गुरुङ,
चितवन
समाजका
अध्यक्ष जगत सिलवाल, NRN स्पेनका
महासचिव दिनेश गुरुङ र NRN
स्पेनका पूर्व
महासचिव
एकराज गिरीले शुभकामना मन्तव्य दिनुभएको थियो। बालकलाकार निश्मा
गुरुङ तथा
कलाकारहरू अजय
लोप्चन,
पेम्बा छोटी शेर्पा,
दीपा गुरुङ,
सिंजल गुरुङ
तथा सुरज
मैनालीका आकर्षक
गीत र नृत्यहरुले कार्यक्रम झकिझकाऊ थियो।