Home  About us  Activities  Contact  Feedback  Photo

नेपाली लोकतान्त्रिक महिला मञ्च बेल्जियमको प्रथम सम्मेलनको भब्य तयारी

नेपाली लोक तान्त्रिक महिला मञ्च बेल्जियमको 
प्रथम सम्मेलन
'नारी एकता र बिश्वो ब्यापी करणमा जोड दिउ , नेपाली लोकतान्त्रिक महिला मञ्च बेल्जियमको प्रथम सम्मेलन एतिहासिक रुपमा सफल पारौ' भन्ने नाराका साथ यही २० जुन २०१० मा बेल्जियमको एन्टेर्पेन सहरमा सम्पन्न हुन गई रहेको छ ।

नेपाली लोक तान्त्रिक मञ्च बेल्जियमको सहयोगी तथा भगिनी संगठनको रुपमा रहेको यस संगठनको मिती २००७ मा बेल्जियममा आउनु भएकी नेकपा (एमाले) को नेत्री तथा तत्कालिन पररास्ट्र मन्त्री साहना प्रधानको समुपस्थिती इशा गुरुङको संयोज्कत्वोमा एक समिती गठन गरि  स्थापना भएको थियो । आफ्नो स्थापना काल बाट यस संगठनले नेपाल र बिश्वोमानै चलीरहेको नारीहरुको समनता हकहित र अधिकारको हरेक आन्दोलनमा एक्यबद्वता जनाउदै आएको छ ।

स्थापनाको छोटो समयमानै बेल्जियममा यसले आफुलाई हरेक सामाजिक गतिबिधीमा संलग्न गराउदै बेल्जियमको स्थापित सामाजिक सगठनको रुपमा आफुलाई अगाडी बढाएको छ भने बेल्जियममा एन डी एफ बेल्जियमको आन्दोलन र अभियानलाई अगाडी बढाउन पनि यसले महत्वो पूर्ण योगदान गरेको छ ।

११ जुलाई २०१० मा एन डी एफ बेल्जियमको केन्द्रिय सम्मेलन हुन गइरहेको पूर्व सन्ध्यामा यस संगठनको मातहतमा रहेका सम्पुर्ण संगठनको हरुको सम्मेलन उक्त केन्द्रिय सम्मेलन भन्दा अधिनै गरि सक्नको लागि यस नेपाली लोक तान्त्रिक महिला मञ्च बेल्जियमको प्रथम सम्मेलन  यही जुन २० मा गर्न गइ रहेको कुरा मञ्चकी संयोजक इशा गुरुङले जानकारी गराउनु भएको छ साथै यस सम्मेलन लाई भब्य रुपमा सम्पन्न गर्नको  लागि मञ्चको बैठक बाट निम्न अनुसार उपसमिती हरु निर्माण गरिएको छ ।

हल ब्यबस्थापन उपसमिती- संयोजक: मुना ताम्रकार सदस्यहरु जुना निरौला , रेनु श्रेष्ठ  आर्थिक ब्यबस्थापन उपसमितीमा संयोजक : इशा गुरुङ र सदस्यहरु दुर्गा गुरुङ , कल्पना घिमिरे र देवी कार्की ,
प्रचारप्रसार तथा जनसंपर्क उपसमिती संयोजक: ज्ञानु बरुवाल सदस्यमा लक्ष्मी चापागाइ , येसोदा सुबेदी , भगबती अधिकारी , मुना केसी ,
सदस्यता बितरण उपसमिती संयोजक: शारादा अर्याल सदस्य हरुमा टिका कुँवर र कबिता कंडेल
खानापिन ब्यबस्थापन उपसमिती
संयोजक: मुना केसी सदस्य हरुमा इन्दिरा खनाल , भगबती अधिकारी , शारदा अर्याल , अतिथी सत्कार उपसमिती
संयोजक
: झुना निरौला सदस्य हरुमा अनुजा चापागाइ
सागठनिक तथा अर्थिक प्रतिबेदन तयारी - इशा गुरुङ र सरस्वती चापागाइ रहेका छन् ।                
उक्त सम्मेलनमा बेल्जियम स्थित सम्पुर्ण नेपाली संघ संस्था
र सम्पुर्ण महिला नेत्री लाई अतिथीको रुपमा आमन्त्रण गरिएको छ भने बेल्जियम बासी सम्पुर्ण नेपाली दाजु भाई दिदी बहिनी हरु लाई कार्यक्रममा उपस्थितीको लागि अनुरोध गरिएको छ ।



 

 

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com