|
|
नेदरल्याण्डमा रहेका नेपालीहरुको एक भेलाले नेपाल
लोकतान्त्रीक मञ्च नेदरल्याण्ड तदर्थ समिति गठन गरेको छ ।करीब ६० जनाको
सहभागीता रहेको सो भेलाले टिकाराम सापकोटाको संयोजकत्वमा १७ सदस्यीय
समिति गठन गरेको हो ।समीतीको सह संयोजकमा प्रकास पोखरे, सचिब उदय नेपाली,
सहसचिब मनु गुरुङ, कोषाध्यक्ष श्याम के.सी., सदस्यहरुमा कमलप्रसाद बि.क.,
लक्ष्मण रिजाल, गुनबहादुर खड्का, दिपक भण्डारी, यामकुमार भुजेल, हरिकृष्ण
महर्जन, तिलक थापामगर, नवीन पौडेल, ज्ञानेन्द्र चापागाइ, डम्बर कोईराला,
भानुप्रसाद चुँडाल, मिनबहादुर गुरुङ, रहेका छन् ।
समितिको सल्लाहकारमा राजेन्द्रप्रसाद चापागाइ र
बिर्खबहादुर सुब्बा रहेका छन् । उक्त भेला २४ जनावरीमा नेदरल्याण्डको
रोटरड्याममा भएको थियो ।टिकाराम सापकोटाको सभापतित्वमा सम्पन्न भेलाको
सञ्चालन प्रकास पोखरेलले गरेका थिए । उद्देश्यबारेमा राजेन्द्रप्रसाद
चापागाइले प्रकास पारेको नेदरल्याण्डबाट टिकाराम सापकोटाले बताएका छन् । |