ने क पा एमालेका
महा सचिब क.
इश्वर पोख्रेल
यही फेब्रुवरी २६ तारिक युरोपको बिभिन्न देशमा सम्बन्धित देशका
एमालेको संगठन एन डी एफ बेल्जियमले आयोजना गरेको बिभिन्न
कार्यक्रममा सहभागी हुनको लागि युरोप
आउँदै हुनु हुन्छ ।
भर्खरै नेपालमा
सम्पन्न
भएको ने क पा
एमालेको केन्द्रिय कमिटीको बैठक
र यस बैठकले एकमतले देश संचालन
,
पार्टी संचालन र
समयमानै संबिधान जारी गर्नको लागि अघि
सारेका
योजना तथा
निर्णय हरुको बारेमा युरोपमा रहेका एमालेका समर्थक
तथा कार्यकर्ता हरु लाई निर्देशित र प्रशिक्षित गर्न
र
यहाँ रहेका सम्पुर्ण
नेपालीहरु लाई राष्ट्र निर्माणको लागि र नयाँ सबिधान निर्माणको
लागि ने क पा एमालेले अघि सरेका कार्यक्रम योजना र भिजनहरुको
बारेमा प्रष्ट्याउदै देशको
ससामयिक राजनैतीक
स्थितीको बारेमा जानकारी गराउने उदेश्यले
उहाँ युरोप
आउँदै हुनु हुन्छ ।
यसै बीचमा
उहाँले २८ फेब्रुअरी
मा
युकेको लन्डन सहरमा एन डी एफ युकेले आयोजना गरेको नयाँ
संबिधानमा जातीय संघियता र दोहोरो नागरिकता बिषयक
अन्तर्क्रिया कार्यक्रम
लाई सम्बोधन गर्नु
हुने छ भने यही ३ मार्चमा बेल्जियममा
Yeti House Van Arteveldestraat 45 2060 Antwerpen
मा एन डी एफ बेल्जियमले उहाँको
सम्मानमा गरेको दिवा भोज तथा सम्पुर्ण बेल्जियम मा रहेका एमाले
समर्थक र शुभ चिन्तकहरु बीच आयोजना गरेको अन्तर्क्रिया
कार्यक्रममा सम्बोधन गर्नु हुने छ ।
|