Home  About us  Activities  Contact  Feedback  Photo

एन डी एफ बेल्जियम एन्टरपेन क्षेत्रिय सम्मेलन भब्य रुपमा सम्पन्न

नेपाली लोक्तन्त्रिक मञ्च बेल्जियम को अन्टर्पेन क्षेत्रको क्ष्त्रिय सम्मेलन यही १८ अप्रिल २०१० मा नेपाली दुताबास बेल्जियमका महमहिम राजदुत प्रमेश कुमार हमालले उद्व्घाटन  गरि बेल्जियमबासी नेपालीहरुको ब्यापक सहभागितामा सम्पन्न भएको छ ।

नयाँ बर्ष २०६७ को अबसरमा नयाँ बर्षको शुभकामना आदान प्रदान गर्दै गरिएको उक्त सम्मेलन नेपाली दुताबास बेल्जियमका महमहिम राजदुत प्रमेश कुमार हमाल प्रमुख आतिथ्य र नेपालबाट आउनु भएका संबिधान सभाका सभासद कौसल कुमार यादव , एमाले म्याग्दी जील्लाका कमिटी सचिबालय सदस्य तथा म्याग्दी उधोग बाणिज्य संघ का महा सचिव जीवन बिक एन डी एफ बेल्जियम का संस्थापक अध्यक्ष कृष्ण खतिवडा , पर्यटन मन्त्रालयका सह सचिव बिरेन्द्र कुमार यादव , एन आर एन बेल्जीयम आइ सी सि सदस्य अर्जुन कुमार श्रेष्ठ एबं युरोप सह कोअर्डिनेटर रबिन्द्र मान श्रेष्ठ ,एन डी एफ बेल्जीयमका बर्तमान अध्यक्ष तुलशीनाथ सुबेदीको बिशेष आतिथ्य मा सम्पन्न भएको थियो ।

एन डी एफ बेल्जियम क्षेत्रिय समितीका अध्यक्ष अर्जुन कुमार गुरुङको सभपतित्वोमा सम्पन्न उक्त कार्यक्रमको संचालन संस्था सचिब बुद्वी बहादुर बराल ले गर्नु भएको थियो भने संस्था सदस्य सारद अर्याल ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । एन डी एफ बेल्जियम अध्यक्ष , उपादक्ष्य र महसचिब ले एन डी एफ केन्द्र को तर्फ बाट आफ्नो बिचार राख्नु भएको थियो साथै उक्त सम्मेलन लाई नेपाल बाट ने क पा एमालेका महसचिब इस्वर पोख्रेल सम्मेलनको सफलता को शुभकामना पठाउनु भएको थियो ।

साथै उक्त सम्मेलनमा बेल्जीयम जन प्रगतीशिल मंच , जनसंपर्क समिती , तमुसमाज बेल्जीयम , सांग्रिला समाज , पासा पुंच ,तमाङ समाज , मगर समाज , म्याग्दी समाज , किरात समाज , प्रवासी पत्रकार संजाल , एन आर एन बेल्जीयम लगाएतका थुप्रै संस्थाहरुहरुले शुभकामना मन्तब्त ब्यक्त गरेका थिए ।

प्रथम चरणको उद्व्घाटन कार्यक्रम समापन पस्चात दोस्रो चरणको बन्द शत्र को कार्यक्रम को सुरु भएको थियो र उक्त बन्द शत्रमा संस्था सचिब बाट प्रस्तुत सांगठनिक तथा आर्थिक प्रगती प्रतिबेदन लाई केही संशोधन र सुझाब सहित अनुमोदन गरे पश्चात  हलबाट सर्ब सम्मत तरिकाले  अर्जुन कुमार गुरुङको अध्यक्ष्तामा निम्न पदाधिकारी रहेको  कार्यसमिती चयन गरिएको छ ।
समितिमा अध्यक्ष पदमा अर्जुन कुमार गुरुङ , उपाध्यक्षमा श्याम उप्रेती (राजा) सचिवमा बुद्धी बहादुर बराल ,कोसाध्यक्षमा राजन बस्नेत रहेका छन भने सदस्यहरुमा चन्द्र प्रकाश शर्मा , हिमाली न्यौपाने , मन्जु पौडेल (बिमला), शारदा अर्याल , मुना ताम्राकार , इन्दिरा खनाल , ज्ञानु बरुवाल ,जुनू निरौला , मन्दिरा गुरुङ , तुङगा निरौला , थमन घरती , रहेका छन ।

 

 

 

 

Coming events

ने.क.पा.(एमाले)का महा सचिब कमरेड इश्वर पोख्रेल युरोप आउँदै

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com