Home  About us  Activities  Contact  Feedback  Photo

नेपाली लोकतान्त्रिक महिलामन्च बेल्जियमको प्रथम सम्मेलन भब्यताका साथ सम्पन्न

गत २० जुन आइतवारको दिन नेपाली लोकतान्त्रिक महिला मंच बेल्जियमले बिश्व भरीका महिला हरु एकजुट होऔ भन्दै (महिला एकता लाई विश्वब्यापीकरणमा जोड दिउं, नेपाली लोकतान्त्रिक महिला मंचको प्रथम सम्मेलन लाई एतिहासिक रुपमा सफल पारौं)भन्ने मुल नारा का साथ बेल्जियमको आन्तर्पेन शहरमा बेल्जियममा रहेको नेप्लिज डेमोक्रेटिक फोरमकै भात्री संगठन नेपाली लोकतान्त्रिक महिला मंच बेल्जियमको प्रथम सम्मेलन भब्यता का साथ सम्पन्न भएको छ ।

ईशा गुरुङको सभापतित्व रहेको सो कार्यक्रम संचालन कुशल महिला उद्घोशक मुना ताम्रकारले गर्नु भएको थियो । त्यस दिन बेल्जियमको नेपाली समाज भीत्रका कृयाशिल सशक्त सयौं महिलाहरुको उपस्थितिमा सम्पन्न उक्त सम्मेलनको प्रमुख अतिथिमा NDF बेल्जियमका बर्तमान अध्यक्ष तुलसी
नाथ सुबेदी रहनु भएको थियो भने बिभिन्न संघ संस्थाहरु बाट आमन्त्रित अतिथीहरुमा जन प्रगतीशिल मंचका अध्यक्ष- सुरेन्द्र भुसाल ,एन आर एन बेल्जियमका महिला सदस्य श्रीमती,अनुजा प्रधान ,प्रगतिशिल महिला मंचका अध्यक्ष - श्रीमती शुस्मा भुसाल,महिला मुक्ती मोर्चा कि अध्यक्ष श्रीमती कल्पना मगर,NRN बेल्जियमका निबर्तमान महिला सदस्य श्रीमती रजनी प्रधान,NRN ICC सद्स्य-अर्जुन कुमार श्रेष्ठ, NRN युरोप निवर्तमान सह-
संयोजक जानकी गुरुङ ,सांघ्रिला समाजका महा-सचिव यामु निरौला , रा.प्र.पा बेल्जियमका सदस्य प्रतिनिधि ,एबम प्रवासि पत्रकार संजालका सदस्य सुदर्शन सिंखडा,एन डी एफ बेल्जियमका संपूर्ण निवर्तमान एबम बर्तमान केन्द्रिय एबम छेत्रीय पदाधिकारीहरु, साथै अन्य बिभिन्न बैचारिक एबम सामाजिक संघ-सस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।

साथै अथितीहरुले बोल्ने क्रममा महिला मुक्ती का लागि महिला आँफै अन्तर आत्मा देखी नै जागरुप हुनु पर्ने एवम देश मा दिगो शान्तिका लागि राष्ट्रिय सहमती जुटाइ सम्पूर्ण जाती,बर्ग,छेत्र ,संस्क्रिती , समेट्ने खालको जनमुखी संबिधान एक बर्षको अन्तराल भित्रै निर्माण गर्नु पर्नेमा सबैले
जोड दिएका थिए । उक्त नेपाली लोकतान्त्रिक महिला मंचको सम्मेलनमा सयौं महिलाहरुको सहभागीता रहेको थियो । साथै उक्त सम्मेलनमा पुरुषहरुको पनि त्यतिकै सहभागिता रहेको देखियो । साथै कार्यक्रम सफल पार्न आउनुहुने सबै लाई आयोजक समितिले खानपिन एवम जलपानको ब्यवस्था गरेको थियो । साथै उक्त सम्मेलनको तर्फ बाट सम्मेलनलाई सफल पार्न पूर्ण सहयोग पुर्‍याउनु हुने बिशेष:गरी आन्तर्पेन छेत्रीय समिती एबम एन डि एफ का महा सचिव शिव कुमार बरुवाललाई धन्यवाद ज्ञापन गरेको थियो ।


नेपाली लोकतान्त्रिक मन्चका संयोजक श्रीमती इशा गुरुङ द्वारा दोस्रो बन्द सत्रमा आफ्नो कार्यकाल को कार्य एवम प्रगती विवरण स्पस्ट रुपमा प्रतुत गर्नु भएको थियो । बोल्न मा भन्दा गर्न मा बढी विश्वाश राख्ने श्रीमती गुरुङले घोषणा पत्र समेत पढेर सुनाउनु भएको थियो । साथै उक्त सम्मेलनले केही दिन अगाडि अज्ञात ब्यक्तीले आक्रमण गरी घाइते भई हाल अस्पातलमा उपचार गराइ रहनु भएका एन डि एफ बेल्जियमका बर्तमान उपाध्क्ष ईन्द्र प्रशाद ओलीको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको थियो । साथै उक्त दिन श्रीमती ईशा गुरुङको नेत्रित्वमा २५ सदस्सिय लोक
तान्त्रिक महिला मन्च बेल्जियम सर्बसहमती बाट गठन भएको छ ।

उक्त समितिमा उपाध्यक्ष द्वयमा , साहारा अर्याल र जुना निरौला हुनु हुन्छ भने ,सचिब मुना ताम्राकार ,सहसचिब भागबती अधिकारी ,कोसाध्यक्ष ज्ञानु बरुवाल एवम सदस्य हरुमा : रमा अधिकारी,बालकुमारी गुरुङ,प्रमिला गुरुङ,इन्दिरा खनाल,रन्जना सिन्खडा,कबिता सुब्बा, सबिता अधिकारी ,रेनु केसी ,
सरस्वती शर्मा ,संगिता कार्की ,बिजया बस्नेत ,सिता गुरुङ ,लक्ष्मी कुइकेल ,कल्पना सिन्खडा ,उपमा निरौला , टिका कुँवर सहित अन्य आवश्यक सदस्यहरु पछी परीपुर्ती गर्ने निर्णय समेतकरेको छ । एवम उक्त महिला मन्च का बिशेष सल्लहाकार हरुमा सरस्वती चापागाइ ,कल्पना घिमिरे र रजनि प्रधान रहेका छन ।

साथै बेल्जियममा आगामी जुलाई ११ , १२ मा हुन गई रहेको एन डि एफ बेल्जियमको तेश्रो केद्रिय सम्मेलनमा प्रमुख अतिथी ने क पा एमाले पार्टीका महासचिव ईस्वर पोखरेल आउनु हुने एन डी एफ बेल्जियमका बरीस्ठ अधिकारीहरुले जनाएका छन । साथै उक्त एन डी एफ बेल्जियमको तेश्रो केन्द्रिय सम्मेलन सफल पार्न बिभिन्न ब्यवस्थापन समितीहरु सकृय रुपमा लागी परेका छन ।
जी के सुबेदी (दीपक)


 

 

 

Coming events

20 june 2010
NDWF Belgium First conference

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com