गत १९ सेप्टेम्बर २००९ को दिन बेल्जीयमको लुभेन शहरमा यहाँ रहेका
गैर आबासीय नेपाली पत्रकारहरुको भेला सम्पन्न भएको छ । उक्त
भेलाको बिशेष उपस्थितिमा एन आर एन आइ सि सी सदस्यमा भर्खरै
निर्वाचित हुनु भएका अर्जुन कुमार श्रेष्ठ हुनु हुन्थ्यो भने
प्रवेक्षकहरुमा किश्न खतिवडा तुलसीनाथ सुबेदी पुष्प राज अधिकारी
(शर्मा) क्रिश्न न्यौपाने र मिन्ड् गुरुङ हुनु हुन्थ्यो ।
प्रवासमा रहे पनि पत्रकारीताको महत्व,दाइत्व
र यसको जीम्मेवारी बहन गर्दै आएका बेल्जीयमका बिभिन्न स्वतन्त्र
वेभ साइट मेडीया लगायत अन्य बिभिन्न समाज सेवी पत्रकारहरुको हक
हितको लागी पूर्ण ब्यवस्थित गर्ने र बेल्जीयममा रहेको नेपाली
समाजलाई थप ब्यवस्थित गर्दै लैजाने उद्यस्यले उक्त गैर आवासीय
नेपाली पत्रकार संघ को जन्म भएको छ । बेल्जीयममा हाल सम्म खुलेका
बिभिन्न सामाजिक तथा बैचारिक संघ संस्था बाहेक सबै भन्दा
महत्वपूर्ण र जीम्मेवारपूर्ण संस्था गैर

आवासीय
नेपाली पत्रकार सघ बेल्जीयमको उदय भएको छ ।
पुरुशोत्तम सुबेदिको संयोजकत्वमा सम्पन्न गरियको उक्त गैर आवासीय
नेपाली पत्रकार बेल्जीयम च्याप्टरको भेलाले नौ सदस्सीय तदर्थ
समिती गठन गरेको छ । उक्त तदर्थ समितिको अध्यक्षमा पुरुशोत्तम
सुबेदी सदस्य सचिबमा नमस्ते युरोप डट कमका सम्पादक महेस थापा
रहेका छन भने सदस्यहरुमा म्याग्दी नेपाल डट कम का सम्पादक
सिवकुमार बरुवाल ईनेपाल न्युजका सम्पादक कृष्ण रेग्मी
नमस्तेमित्र डट कम का सम्पादक सुदर्सन सिंखडा सिक्लेस बेल्जीयम
डट कम का सम्पादक बिजय गुरुङ साथै पत्रकार जगदीस सापकोटा दीपक
ज्योति पौडेल सन्तोष न्यौपाने रहेका छन । त्यस दिनको भेलाले
आगामी अक्टोवर १३-१५ मा नेपाल काठमान्डौमा हुन गै रहेको गैर
आवासीय नेपाली पत्रकारको भेला लाई सम्पन्न गराउने उद्यस्यले
बेल्जीयमबाट आर्थिक संकलन गरी नेपाल पठाउने निर्णय गर्नुका साथै
नेपालमा हुन गैरहेको भेलामा गैर आवासीय पत्रकार संघ
बेल्जीयमको
तर्फबाट शिव कुमार बरुवाल लाई बेल्जीयम पत्रकार प्रतिनिधि छनोट
समेत गरेको छ । उक्त दिन भेलामा उपस्थित भएका सबैले केही आर्थिक
सहयोग गरी सकेका छन भने संस्थालाई अरु ब्यवस्थित गर्दै लैजानको
लागी थप आर्थिक संकलन गर्ने क्रम जारी छ ।

आगामी दिनमा यस समितिले नेपाल पत्रकार महासंघ र गैर आवासिय
पत्रकार संघको केन्द्रिय बिधान लाई पालना गर्दै बेल्जियममा रहेका
पत्रकारहरुको हकहीत को लागी बेल्जीयममा पत्रकारहरुको बैधानिकताको
लागी पहल गर्ने समेत निर्णय गरेको छ । त्यस दिन बिशेष उपस्थितिमा
बोल्ने क्रममा एन आर एन बेल्जियमबाट निर्बाचित आइ सि सी सदस्य
अर्जुन कुमार श्रेष्ठले बेल्जीयममा ढिलै भएपनी पत्रकार संघको उदय
भएकोमा अत्यन्त खुशी ब्यक्त गर्दै यस संघले आगामी दिनमा समाजमा
खेल्नु पर्ने महत्व पूर्णभुमिका बारे टिप्पणी गर्दै आफुले पनि यस
संघ लाई सक्दो सहयोग र सुझाब दिने बिचार ब्यक्त गर्नु भयो । साथै
अन्य प्रवेक्षकहरुले पनि यस संघ प्रती सकारात्मक धारणा ब्यक्त
गरे । नेपालमा हुन गैरहेको एन आर एन जर्नालिस्ट भेलामा
बेल्जियमको जस्तै अन्य युरोपियन मुलुकका पत्रकारहरुलाई पनि आफु
रहेको देशमा आफ्नै हक हितको लागि संगठित हुन र
नेपालमा सहभागीता तथा आर्थिक सहयोग गर्न समेत आग्रह गरियको छ
।
|