Home  About us  Activities  Contact  Feedback  Photo

पोर्तुगल NDF को सम्मेलन जनवरी २४ मा के. पी. ओली द्वारा उद्दघाटन हुने

नेपाली लोक्तान्त्रिक मन्च पोर्तुगलको अपील -

समाज बिकासको अचुक सिद्दान्त मार्क्सबादी दर्शनलाई आत्मसाथ गर्दै आफ्नो जीवन राष्ट्र, समाज, श्रमजिवी र सर्वहाराको पक्षमा उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहितहरुप्रती हार्दिक श्रद्दान्जली अर्पण गर्दछौ। साथसाथै भर्खर प्रवेश गरेको नयाँ वर्ष सन २०१० ले हामी सबैमा उन्मुक्ती को मार्ग प्रसस्त गर्न सार्थक बनोस हार्दिक शुभकामना !!!
राष्ट्र राष्ट्रियताको भावना वास्तवमा त्यतीबेला महशुश हुँदोरहेछ जतिबेला आफु प्रदेशी भुमिमा आफ्ना श्रम खर्चिरहेको हुन्छौ अनी आफ्नो मातृभूमी माथि अनेकौ खाले शक्तीहरु लात हान्न कृयाशिल रहन्छन। हुनत भन्नेहरुले नेपालको माया छ भने फर्क नेपाल भनेर भनिहाल्न पनि सक्छन। तर पनि आफ्नो परीवेश र परिस्थितीले गर्दा त्यस्ता खाले प्रश्न को ठाडो जवाफ हुनेगरी फर्कन पनि नसकिनु हाम्रो बाध्यता छ ।


यस्तै तमाम खाले वाध्यताका वावजुत विदेशिने क्रममा पोर्तुगल आइपुगेका हामी नेपाली समुदायका आफ्नै खालका अलग पिडा र वेदना छन । व्यक्तिगत पिडा र वेदना सामाजिक असमानता कै कारण हो भन्ने हामी सबै लाई अवगत नै छ । तसर्थ हामी म भन्ने शब्द परै राखेर हामी भन्न रुचाउदछौ,समग्र समाजलाई सम्बोधन गर्न चाहन्छौ। त्यही समाजभित्रैबाट विचार र दर्शनका हिसाबले समानता राख्ने हामी प्रगतिशिल, जनवादी, देशभक्त र श्रमजिवी वर्गको हित चाहने हरुको समुह को अग्रसरतामा नेपाली लोक्तान्त्रिक मन्च पोर्तुगल २००७ मा स्थापना भयो। पोर्तुगल स्थित नेपाली हरुका हक हितका निमित्त आफ्ना आवाज बुलन्द गर्दै आयो। संस्थाले नेपाली मात्र नभई पोर्तुगलमा रहेका प्रगतिशिल शक्ती पोर्तुगिस कम्युनिष्ट पार्टी (PCP), मजदुर हरु को यूनियन (C.J.T.P.), इमीग्रान्ट्स हरुको अन्य संघ संस्था सोलिदारिदादे इम्मिग्रान्ट्स(SOLIDARIDADE IMMIGRANTE) र ACIDI सँग हतेमालो गर्दै अैरहेको छ । भने अर्को तिर नेपालको दिर्घकालिन शान्ती र जनता को सम्विधान निर्माण को लागि नेपालस्थित विभिन्न राजनीतिक संघ संस्था हरुलाई झकझकाइ रहने गरी नै रहेको छ।

यसै सन्दर्भमा नेपाली वामपन्थी लोक्तान्त्रिक आन्दोलनका हस्ती, ने. क. पा. (एमाले) का विदेश बिभाग प्रमुख, भु. पु. उप- प्रधानमन्त्री के.पी.वलीद्वारा यही जनवरी २४ मा पोर्तुगिस कम्युनिष्ट पार्टी को जिल्ला कार्यालय एभिनिदा दि लिबरदादे नम्बर १७० मा दिनको ठीक ३:३० बजे उद्दघाटन गर्दै हुनु हुन्छ भने अन्य छिमेकी देश स्पेन बेल्जियम जर्मन बेलायत का NDF का नेताहरु पनि उक्त सम्मेलनमा अतिथीको रुपमा आउनु हुने कुरा समेत जानकारी गरौदछौ । उक्त उद्दघाटन समारोह मा तपाईं पोर्तुगल बासी सम्पूर्ण नेपाली जनसमुदाय संघ संस्था लाई उपस्थिती का निमित्त हार्दिक अपील गर्दछौ |
यसै अपिल मार्फत हामी हाम्रा सुभेच्छुक समर्थक एवम सदस्य साथीहरुलाई सम्मेलनको पुर्व सन्ध्यामा आफ्नो सदस्यता नविकरण तथा सदस्यता लिनुहुन हार्दिक अनुरोध गर्दछौ । सदस्यता लिन तथा नविकरण गर्नका लागि सदस्यता वितरण समितीका संयोजक र सदस्य साथीहरु सँग संपर्क गर्नुहुन अनुरोध गर्दछौ।
संपर्कका लागि :-
संयोजक उमेश चौलागाइ फोन-९१७९५०९०५,सदस्यहरु राम के सि-९१०७८८००५, राम गुरुङ-९१८०४५२८२, गोबिन्द सापकोटा-९१३२६३१६४, नबिन गौतम-९१८९८७२८२, प्रेम खड्का-९१०२१३०४३, हरिश चन्द्र नेपाली-९१०३८०२५७, पेम्बा शेर्पा-९१८२२४७९०, सँग संपर्क गर्नु हुन हार्दिक आनुरोध गर्दछौ।

पुनस्च
स्थान:- एभिनिदा लिबरदादे न १७०
PCP को पार्टी कार्यालय lisboa
(मेट्रो एभिनिदा)
समय :- १५:३० बजे
मिती :-२४ जनवरी २००७


धन्यवाद।
क्रान्तिकारी अभिवादन शहित ।



सुबाश अधिकारी
सचिव
NDF पोर्तुगल



 

 

 

 

Coming events

ने..पा.(एमाले)का बरिष्ठ नेता तथा भूतपूर्व उप प्रधानमन्त्री के पी  शर्मा ओली  युरोप आउँदै

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com