पुरुशोत्तम सुबेदी
गत १३ सेप्टेम्बर
आईतवारको दिन बेल्जीयम एन्टवेर्पेन शहरमा एन आर एन आइ सि सी
सदस्य पदका लागी भएको निर्बाँचन अती सौहार्दपूर्ण बातावरणमा
सम्पन्न भएको छ । एक पदको लागी ३ जनाको उम्मेदवारी परेपछी एन आर
एन बेल्जीयमले चुनाव बाटै आइ सि सी सदस्य पदपुर्ती गर्ने निर्णए
गरेको थियो । गत बर्ष एन आर एन बेल्जीयमको चुनावमा पनि यहाँरहेका
३ राजनीतिक शक्तीहरु बिच नै प्रतिस्पर्दा भएको थियो भने नेपाली
लोकतान्त्रिक मंच बेल्जीयमले सो चुनावमा बिना पुर्व तयारी
प्रस्तुत भएको हुँदा एन आर एन बडीमा उसको उपस्थिती न्युन रहेको
थियो । तर यसपाली एन डी एफ बेल्जीयमले अर्जुनकुमार श्रेष्ठ लाई
एन आर एन आइ सि सी सदस्यमा समर्थन गर्दै एकता र अनुशासन भित्र
शक्ती हुन्छ र जुन शक्तीले जस्तो सुकै चुनौती लाई पार गरी
समाजलाई सुद्रीढीकरण गर्न सकिन्छ भन्ने साध्यलाई एन डी एफ
बेल्जीयमले प्रमाणित गरी दिएको छ । एन आर एन आइ सि सी सदस्य पदका
लागी यहाँ रहेका तीन राजनितिक सक्तीहरु मध्य ए मा ले निकट
नेपाली लोक तान्त्रिक मंचले अर्जुन कुमार श्रेष्ठलाई अगाडि
सारेको थियो भने कंग्रेस निकट मानिने जनसंपर्क समितीले
प्रेमगुरुङ लाई र माओवादी निकट मानिने जनप्रगतीशिल मंचले
श्रीप्रशाद सापकोटालाई समर्थन जनाइ उम्मेदबारको रुपमा खडा गरेका
थिए । झन्डै पांच हजार संख्यामा रहेको बेल्जीयमको नेपाली समाजमा
हालसम्म १२०० भन्दा अधिक ब्यक्ती एन आर एन बेल्जीयमको साधारण
सदस्य भए पनि उक्त दिन ८७१ जनाले मतदान गरे । जस मध्य ८५८ सदर
मत मध्य ३२२ मत प्राप्त गरी अर्जुन कुमार श्रेष्ठ एन आर एन आइ सि
सी सदस्य पदमा निर्वाचित हुनु भएको छ भने उहाका निकटम
प्रतिद्वोन्दी श्रीप्रशाद सापकोटाले ३१३ मत प्राप्त गर्नु भएको
थियो । साथै जन संपर्कसमितीका उमेदवार प्रेम गुरुङ ले २२३ मत
प्राप्त गर्नु भएको थियो ।
विश्वब्यापी सन्जाल निर्माण गर्दै प्रवासी नेपालीहरुको आशाको
पुन्ज बन्न सफल एन.आर.एन को आगामी अक्टोम्वर १३/१४ मा
काठमाण्डौं सम्पन्न हुन गैरहेको चौथो विश्व सम्मेलनका लागी
बेल्जीयम बाट आ.सि.सि.पदका लागी यही १३सेप्टेम्वर २००९ मा भएको
निर्वाचनमा युवा उम्मेदवार अर्जुन कुमार श्रेष्ठ विजयी हुनु भएको
छ ।गैर आवासीय नेपालीका हक अधिकार,देश
बिदेशमा ब्यावसाय र समाज सेवा एकसाथ अगाडी बढाई रहनु भएका
श्रेष्ठ नेपाल बेल्जीयम ब्यावसायी संघका वर्तमान अध्यक्ष
हुनुहुन्छ ।नेपाल बाहिर छरिएर रहेका नेपाली हरुको शिप ज्ञान र
सम्पतिको उचित सदुपयोग गरेर देश बिकाशमा लाग्नु पर्छ भन्ने
भावानाले प्रेणित भएर उम्मेदवारी दिई बिजयी हुनुभएका श्रेष्ठ
युवाबर्गहरुमा निकै लोकप्रिय हुनुहुन्छ । शिष्ट र प्रभावशाली
ब्याक्तित्वका धनी श्रेष्ठले विजयी घोषणा पश्चात बोल्दै
"एन.आर.एन नेपाली हरुको साँझा संस्था भएकोले हामिले म/ तिमी
नभनी हामी भनी अगाडी बढनु पर्छ ।संस्थाकै बिकाश र उन्नतिमा
लाग्नु पर्छ ।
म सबै साथिहरुको
सहयोगले आँज बिजयी भएको छु ।मैले मतका आधारमा ३२२ मतको समर्थन
पाएपनी म सम्पूर्ण नेपालिहरुको प्रतीनिधी हु
।
मलाई सहयोग
गर्नुहुने सम्पूर्ण संघ संस्था,निर्वाचन
आयोगका साथिहरु साथै सम्पूर्ण नेपालीहरुको आभारी भएको छु ।
साथिहरुको सहयोग बिना केहि पनि गर्न सकिदैन ।आँशा छ सहयोग
निरन्तर पाईनै रहनेछु र
यसका सदस्य हरुको
हक हितकासाँथै नेपाल र नेपाली कै लागी काम गर्नेछु,
मेरो काधमा
आएको जिम्बेवारी लाई पुरा गर्न सधै तत्पर रहने छु" भन्दै सबैलाई
धन्यवाद ज्ञापन गर्नु भएको थियो ।एन.आर.एन बेल्जियमका अध्यक्ष
पि.जी शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख
अथितिको रुपमा आउनु भएका नेपाली दुतावास बेल्जियमका महामहिम
राजदूत प्रमेश कुमार हमालले संसार भरी छरिएर रहेका नेपाल र
नेपालीको हितकासाथै भावानात्मक सम्वन्धको गाँठोलाई बलियो बनाउनु
नै एन.आर.एन को ठूलो महानता हो भन्दै साधरण सभाको सफलताको
शुभकामना दिनु भएको थियो
एन आर
एन बेल्जियमका महासचिब नन्दराज घले द्वारा संचालित उक्त
कार्यक्रममा एन.आर.एन बेल्जियमका उपाध्यक्ष लीलाधरपन्तले सबैलाई
स्वागत गर्नु भएको थियो ।साधरण सभामा अथितिको रुपमा आउनु भएका
वर्तमान आ.ई.सि.सि प्रतीनिधी रबिन्द्रमान श्रेष्ठ र यूरो
सह-संयोजिका जानकी गुरुङ्ले सभाको सफलताको शुभकामना प्रकट गर्नु
भएको थियो ।
शान्त र शौभाद्रपूर्ण तरिकाले सम्पन्न निर्वाचनको नतिजा सुनाउदै
निर्वाचन आयुक्त पि.जी शेर्पा ले निर्वाचन सफल बनाउन
जिम्मेवारिपूर्ण भूमिका निर्वाह गर्नु भएका सह-निर्वाचन आयुक्त
ईन्द्रप्रसाद ओली का साथै सहयोग गर्ने सम्पूर्ण निर्वाचन आयोगका
प्रतीनिधिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै उक्त
मर्यादित पदमा सक्षम र प्रभावसाली ब्यक्तीलाई मतदान गरी बिजयी
गराउनु भएकोमा र सम्पूर्ण एन डि एफ समर्थक हरुका साथै बेल्जीयम
बासी तमाम नेपाली दाजु भाई दिदी बहिनीहरु लाई नेपाली
लोकतान्त्रिक मंच बेल्जीयमले अहार्दिक आभार ब्यक्त गरेको छ
भनिएको छ ।
।
|