Home  About us  Activities  Contact  Feedback  Photo

एन डि एफ बेल्जियम द्वारा बेल्जियम बासी नेपाली दाजु भाई तथा दिदी बहिनी हरुमा हार्दिक धन्यवाद तथा अभार ब्यक्त

आदर्णीय बेल्जियम बासी गैर आवासीय  नेपाली दाजु भाई तथा दिदी बहिनी हरु ,

नेपालीद्वारा र नेपालीको लागि भन्ने मुल नाराका साथ स्थापित गैर आवासीय  नेपाली संघ अन्तरास्ट्रिय समितीको बिश्वो सम्मेलन यही अक्टोबेर १३ - १५ मा काठमाडौंमा हुन गैरहेको कुरा यहाँहरु लाई सर्बबिदितै छ । देश संघिय गर्णतन्त्रात्मक नयाँ संबिधान निर्माणको संघार उभिरहेको अवस्थामा सम्पन्न हुन गैरहेको यस् बिश्वो सम्मेलनले हामी सम्पूर्ण गैर आवासीय  नेपालीको हक र अधिकार लाई नयाँ बन्ने संबिधानमा सुरक्षित गर्न र शान्त र सम्रिद्व नेपाल को निर्माणमा महत्वो पूर्ण भूमिका खेल्ने छ भन्ने विश्वाश हामीलाई लागेको छ । 

यही बिश्वो सम्मेलनबाट बन्ने नयाँ कार्य समितीमा बेल्जियम बाट प्रतिनिधित्वो गर्ने एन आर एन आइ सि सि  सदस्यको लागि एन आर एन बेल्जियमको साधारणा सभाको १३ सेप्टेम्बर दिनमा निर्वाचन  सम्पन्न भइ बिगत देखीनै नेपाल तथा बेल्जियममा बिभिन्न सामाजिक संस्था मा आबद्व भइ समाज सेवामा कृयाशिल  सहयोगि , मिलनसार युबा ब्याबसायी अर्जुन कुमार श्रेष्ठ निर्बाचित हुनु भएको छ । सर्ब प्रथमत उहालाई  एन डि एफ बेल्जियमको तर्फ बाट हार्दिक बधाई ज्ञापन गर्दै उहाको कार्य कालको पूर्ण सफलताको कामना गर्दछौ साथै एन आर एन को अभियान लाई नेपाल र नेपालीको हित अनुकुल अगाडि लैजान सक्ने कुशल नेत्रित्वो बेल्जियम बाट छनोट गर्नु भएकोमा सम्पूर्ण बेल्जियम बासी नेपालीमा पनि हार्दिक बधाई ज्ञापन गर्दछौ ।

एन आर एन आइ सि सि  सदस्यमा उहाको उम्मेदवारी पस्चात उहाको समाज प्रतीको कृयाशिलता , क्षमता र एन आर एन बेल्जियम र बेल्जियम बासी नेपालीको लागि गर्नु भएको प्रतीबद्वताको आधारमा हाम्रो संस्था एन डि एफ बेल्जियमले उहाको उम्मेदवारीलाई पूर्ण समर्थन गर्दै उहा लाई बिजयको शिखरमा पुर्‍याउनको र एन आर  एन को अभियान लाई सम्पूर्ण गैर आवासीय  नेपालीको हित अनुकुल अगाडि बढाउन चुनाबी अभियानमा जुटेको थियो । यस चुनाबि अभियानमा यहाँहरु बेल्जियम बासी नेपाली दाजु भाई दिदी बहिनी हरु बाट जुन सहयोग र समर्थन  हामी लाई प्राप्त भयो यस्को लागि हाम्रो संगठन यहाँहरु प्रती हार्दिक क्रितज्ञ्यता ब्यक्त गर्दै मुरी मुरी धन्यवाद ब्यक्त गर्न चाहन्छ ।

अन्तमा  यस एन आर एन आइ सि सि  सदस्यको चुनाबी अभियान हाम्रो संगठनले समर्थन गरेक उमेदवार अर्जुन कुमार श्रेष्ठ लाई बिजय गराउन रातो दिन कार्य क्षेत्रमा खटी रहनुहुने सम्पूर्ण एन डि एफ बेल्जियमका सदस्य , समर्थक , शुभचिन्तक लगायत हामीलाई बिभिन्न तरिकाले प्रतक्ष्य र अप्रतक्ष्य रुपमा सहयोग गर्नुहुने   सम्पूर्ण महानुभाबहरु , अतिनै सौहार्द पूर्ण बातावरणमा निर्वाचन सम्पन्न गर्ने एन आर एन बेल्जियम र निर्वाचन समितीमा हार्दिक धन्यवाद ब्यक्त गर्दै हाम्रो संगठन सदैब नेपाल र बेल्जियमबासी नेपालीको हितको लागि यहाँहरु संग हातेमालो गर्दै अगाडि बढने प्रतीबद्वता ब्यक्त  गर्दछौ  ।

   तुलसी नाथ सुबेदी ,                                  शिव कुमार बरुवाल
    अध्यक्ष                                माहा-सचिब
                          एन डि एफ बेल्जियम                                     

 

 

Coming events

 

 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com