काठमाडौं।
प्रधानमन्त्री माधवकुमार नेपाल असंलग्न राष्ट्रहरुको आन्दोलन नाम
को १५ औं शिखर सम्मेलनमा भाग लिन मंगलबार इजिप्ट प्रस्थान गरेका
छन्। इजिप्टको पर्यटकीय नगरी स्राम एल-शेखमा असार ३१ देखि साउन १
सम्म हुने नामका १ सय १८ सदस्य राष्ट्रका सरकार तथा राष्ट्र
प्रमुखहरुको सम्मेलनलाई उनले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री नेपालले शिखर सम्मेलनमा नेपालका तर्फबाट वातावरण
परिवर्तन, मानव अधिकारसहितका विषयमा नेपालका तर्फबाट प्रतिवद्धता
जाहेर गरिने जानकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा जानकारी
दिए। उनले भारतसहितका देशका राष्ट्रप्रमुखहरुसँगको भेटमा आपसी
हितका विषयमा द्विपक्षीय र बहुपक्षीय छलफल हुने बताए।
नेपाल २० सदस्यीय टोलीको नेतृत्वगरी मंगलबार बिहान साँढे नौ बजे
त्यसतर्फ प्रस्थान गरेका हुन्। टोलीमा प्रधानमन्त्री पत्नी गायत्री
नेपाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्त र
परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई मुख्य सचिव भोजराज
घिमिरे, प्रधानमन्त्रीका दुई सुरक्षाकर्मी छन् । परारष्ट्र
मन्त्रालयका शिष्टाचार प्रमुख अरुण धिताल र अधिकृत दिलिप पौडेल पनि
प्रधानमन्त्रीसँगै गएका छन्।
साउन १ गते गर्ने सम्बोधनमा प्रधानमन्त्रीले तीन वर्षयता देशमा
भएका लोकतान्त्रिक प्रगतिबारे विश्वका नेताहरुलाई विस्तृतमा
जानकारी गराउनुका साथै बढ्दो आतंकवाद मौसम परिवर्तन लागूऔसद्
तस्करी खाद्य सुरक्षा आर्थिक मन्दिजस्ता अन्तर्राष्ट्रिय मुद्दामा
धारणा राख्ने छन्।
सम्मेलनमा सदस्य राष्ट्रका परराष्ट्र सचिव परराष्ट्र मन्त्री र
सरकार या राष्ट्र प्रमुख गरी तीन चरणमा बैठक हुनेछ । असार २७ र २८
को सचिवस्तरीय बैठकका लागि परारष्ट्र अधिकारीको नेतृत्व गरी सचिव
ज्ञानचन्द्र आचार्य शुक्रबारै सम्मेलनस्थल गएका हुन् । उनका साथमा
परारष्ट्रका प्रवक्ता तथा सहसचिव मदन भट्टराई र सहप्रवक्ता रुद्र
नेपाल पनि छन् ।
परराष्ट्र मन्त्री सुजाता कोइराला पनि पोर्चुगलको लिस्बनमा
'कम्युनिटी अफ डिमोक्रेसी' संगठनको वैठमा भाग लिई सोमबारै नामको
मन्त्रीस्तरीय बैठकमा भाग लिन स्राम एल-शेख पुगेकी छन् । उनले
मंगलबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसैगरी इजिप्टका लागि नेपाली राजदूत रामबाबु ठाकुर नियोग
उपप्रमुख तिर्थ अर्याल र न्यूर्योकस्थित स्थायी प्रतिनिधि मधुरमण
आचार्य पनि सम्मेलनमा सहभागी हुनेछन् । प्रधानमन्त्री इजिप्टबाट
असार ३ गते स्वदेश फर्किनेछन् । उनले सम्मेलनका क्रममा आयोजक
इजिप्टका राष्ट्रपति होस्नी मुबारकसहित विभिन्न राष्ट्रका राज्य
तथा सरकार प्रमुखसँग 'साइडलाइन' भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री नेपालले भारत तथा पाकिस्तानी समकक्षी मनमोहन सिंह र
युसुफ राजा गिलानीसहित अन्य दक्षिण एसियाली सरकार तथा राष्ट्र
प्रमुखसँग भेटवार्ता गर्नेछन्।
संयुक्त राष्ट्रसंघपछि सबभन्दा धेरै सदस्य राष्ट्र भएको नामका १ सय
१८ मुलुक सदस्य छन् । अमेरिका र तत्कालीन रुसी महासंघ गरी विश्व
दुई ध्रुवमा विभाजित भएका बेला त्यसमा असंलग्न राष्ट्रहरुले १९५५
मा नाम स्थापना गरेका थिए जसको संस्थापक नेपालबाट हरेक सम्मेलनमा
उच्चस्तरीय प्रतिनिधिमण्डल जाने प्रचलन छ ।
यो पटक नाम सम्मेलनसँग-सँगै सदस्य राष्ट्रका प्रथम महिलाहरुको पनि
छुट्टै सम्मेलन हुनेछ । इजिप्टकी प्रथम महिला सुजाने मोबारकको
पहलमा आयोजना हुने उक्त सम्मेलन विश्वव्यापी आर्थिक संकटबाट
महिलामा परेको असर र महिला स्वास्थ्यबारे केन्द्रित हुनेछ त्यसमा
प्रधानमन्त्री नेपाली पत्नी गायत्रीले भाग लिनेछिन् ।
मेला आज सम्पन्न भएको छ । चौरी गाईको स्वास्थ्य परिक्षण गरेर रगत
निकाल्ने गरिन्छ । रगत विक्री गरेर भएको आम्दानीले विद्यालय
सञ्चालन गरिँदै आएको छ ।
|