वीरगञ्ज,असार २६ ।
प्रधानमन्त्री माधवकुमार नेपालले नवनिर्मित नेशनल मेडिकल कलेजको आज
बिहान उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री
नेपाल, शिक्षा मन्त्री रामचन्द्र कुशवाहा, श्रम तथा यातायात
व्यबस्था मन्त्री मुहम्मद अफताव आलाम र गृहराज्य मन्त्री मुहम्मद
रिजवान अन्सारी लगायतले सम्बोधन गर्नुभएको थियो ।
धर्मपत्नी
गायत्रीका साथ यहाँ आइपुग्नु भएका प्रधानमन्त्री नेपाल अपरान्ह
ठाकुराम बहुमुखी क्याम्पसद्वारा उहाँका लागि आयोजित अभिनन्दन
कार्यक्रममा सरिक हुनुभयो । सो क्याम्पसका पूर्व विद्यार्थी समेत
रहनुभएका प्रधानमन्त्री नेपाललाई क्याम्पसले एक भव्य समारोहबीच
अभिनन्दन गरेको थियो ।
त्यसैगरी प्रधानमन्त्री नेपालले यहाँस्थित सुरक्षा अंग र सरकारी
कार्यालयका प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । त्यस क्रममा
प्रधानमन्त्री नेपालले शान्ती-सुरक्षा कायम राख्न कुनै कसर बाँकी
नराख्न र प्रसाशनयन्त्रलाई जनमुखी बनाएर ढिलासुस्तीको अन्त्य गर्न
निर्देशन दिनुभयो । प्रधानमन्त्री नेपाल कार्यकर्ता भेटघाट
कार्यक्रममा समेत सरिक हुनुभएको छ
|