काठमाडौं। प्रधानमन्त्री माधवकुमार नेपालले प्राथमिक र आधारभूत
स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा सुनिश्चित गरिने
बताउनुभएको छ।
नेसनल मेडिकल कलेज, वीरगन्जको उद्घाटन गर्दै प्रधानमन्त्री
नेपालले धनी र गरिबका लागि आधारभूत स्वास्थ्यसेवामा समानता
हुनुपर्नेमा जोड दिनुभयो।
त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री
नेपालले गरिबीको रेखामुनि रहेका आम नेपाली जनताले अझै पनि
झाडापखाला, रुघाखोकी र ज्वरोजस्ता सामान्य उपचारजन्य रोगबाट
मृत्यु भोग्नुपरिरहेको तथा मुटुरोग, क्यान्सरजस्ता खर्चिलो उपचार
पद्धतिमा अहिले पनि उनीहरूको सहज पहुँच हुन सकिराखेको छैन
भन्नुभयो।
उहाँले त्यस्ता गरिब र दुर्गम क्षेत्रका जनताका लागि
स्वास्थ्यसेवामा सुलभ र सहज पहुँच बनाउन ग्रामीण स्वास्थ्यमा
लगानी वृद्धि गरिने बताउनुभयो।
|