एन डि एफ् बेल्जियमको तेस्रो
सम्मेलन यही ११ जुलाई २०१० मा सयौं नेपालीहरुको उपस्थितीमा ने.क.पा(एमाले
)
का महासचिब क.
इश्वर पोख्रेलद्वारा समोद्घाटनगरि भब्य रुपमा बेल्जियमको
एन्टेर्पेन
सहरमा सम्पन्न
भएको छ ।
एन डि एफ् बेल्जियमका निबर्तमान अध्यक्ष तुलसी नाथ सुबेदीको
सभापतित्वमा सम्पन्न उक्त सम्मेलनको उद्घाटन समरोहमा प्रमुख
अतिथीको आसन बाट बोल्दै ने.क.पा.(एमाले
)
का महासचिब क.
इश्वर पोख्रेलले हाम्रो देश
नेपाल
अतिनै संकट ग्रस्त अवस्था बाट गुज्रिएको
,
निर्धारित समय भित्र संबिधान निर्माण गरि नसकेर फेरी एक बर्ष थप
गर्दा पनि देश अझै संबिधान निर्माण को दिशामा अगाडि बढन नसकेको मा
चिन्ता ब्यक्त गर्नु भएको थियो । देशमा जति सक्दो चाडो संबिधान
निर्माणको लागि सहमती को राजनीतिको खाचो भएको र नेकपा एमाले
सहमतीको लागि सबै
प्रकारका
बिकल्प खुला गरेर देशका सम्पुर्ण राजनैतीक पार्टीहरुको अगाडी
स्पस्ट अवधारणा अघि सारेता पनि एनेकपा माओवादीको कारण देश सहमतीको
बाटो मा
अगाडी
बढन नसकेको स्पस्टपार्नु भएको थियो । त्यस्तै उक्त सम्मेलनमा बिशेष
अथितीको रुपमा नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य तथा युरोप
इन्चार्ज क.
अरुण नेपालले
सम्मेलनको पूर्ण सफलताकोलागी
शुभकामना ब्यक्त गर्दै तपाईंहरु यस प्रबाशको भुमीमा बसेर पनि यसरी
स्वदेश प्रतिको माया र समर्पण देख्दा आफु अतिनै खुशी भएको र
यहाँहरु
ले पुर्याउनु
भएको योगदानको देशले उच्च मुल्याङ्कन गर्ने छ भन्नु भयो । त्यस्तै
उक्त सम्मेलनमा नेकपा एमाले स्पेन कमिटीका अध्यक्ष्य पुष्पराज
तिमिल्सिना
,
जर्मनीका सचिब नबराज रोस्यारा
,
विश्व प्रजातान्त्रिक युबा संघका उपाध्यक्ष योगेन्द्र शाहीले पनि
शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।त्यसैगरी नेपाली
लोकतान्त्रीक महिला मंचकी अध्यक्ष इशा गुरुङ लगाएत विभिन्न
राजनितिक तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरुले पनि सम्मेलनको
पूर्ण सफलताको कामना गर्नु भएको थियो।
उक्त सम्मेलनको बन्द शत्रबाट
ईन्द्र
प्रसाद
ओलीको अध्यक्षतामा निम्न पदाधिकारीहरू सर्बसम्मतीबाट निर्बाचित
भएको छ ।
अध्यक्षमा
-
ईन्द्र
प्रसाद
ओली,
उपाध्यक्षमा
अर्जुन
गुरुङ्
,किसन
के.
सी.
र
लक्ष्मि
कुँइकेल
,महासचिवमा
-
गोपाल
सिम्खडा
,सचिव
-
चन्द्र
शर्मा,
आग
बहादुर
लामा
र
केशब
चाँपागाई
,कोषाध्यक्षमा
-
बिपिन
खड्का
,सह-कोषाध्यक्षमा
शारदा
अर्याल र
सदस्यहरुमा
-
खड्ग
बहादुर
के
सी,
राजु
श्रेष्ठ,
रन्जन
सिम्खडा,
सि
एन
महतो,
रुद्र
लम्साल,
संजिव
कँडेल,
कल्पना
सिम्खडा,
रबि
अधिकारि,
सुशिल
भन्डारी,
गोपाल
अधिकारी,
मोहन
राउत,
मुना
ताम्रकार,जूना निरौला,
मनमोहन
पासवान,
ईन्दिरा
श्रेष्ठ,
उमेश
कर्मचार्य,
शंकर
बजगाई,डेबिड
थापा,
सुरेस
कुमार कोराङ्गी,
पुस्पराज
अधिकारी
र
श्याम
सुन्दर(राजा)
उप्रेती
रहेका छन
,
त्यसैगरी सल्लाहाकारमा शिव कुमार बरुवाल,
मधुसुधन पौडेल,
सान्तमणि सिम्खडा र भरत तामाङ लाइ
चयन गरिएको छ।