Home  About us  Activities  Contact  Feedback  Photo

 एन डी एफ बेल्जियम द्वारा धन्यवाद ज्ञापन

एन डी एफ बेल्जियमको यही ७ फेब्रुवरीमा बसेको कार्य समितीको पूर्ण बैठकले  यही ३१ जनवरी २०१० मा बेल्जियमको एन्टवर्पेन  सहरमा एन डी एफ बेल्जियम द्वारा आयोजित   बिशाल जनासभा तथा अन्तर्क्रिया कार्यक्रम भब्य सफल भएको निस्कर्श निकालेको छ । बेल्जियममा अहीले सम्म भएका राजनैतीक कार्यक्रममा यो कार्यक्रम सहभागिताको हिसाब र सहभागी हरुलाई देशको समसामयिक राजनैतीक स्थितीको बारेमा जानकारी गराउने हिसाबले सबै भन्दा उत्कृष्ट भएको ठहर गर्दै यस कार्यक्रममा सहभागी सम्पुर्ण बेल्जियम बासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।
देशको यस प्रकारको सक्रमणकालिन स्थितीमा त्यहा आफ्नो आबश्यकता र ब्यस्ततालाई समेत प्रबाहा नगरी युरोपमा भएका नेपालीहरुलाई पनि देशको समसामयिक राज्नितिक स्थितीको बारेमा जानकारी गराउनु पर्दछ भन्ने उदेश्यले हाम्रो निमन्त्रणा लाई स्वीकार गरि आफ्नो स्वास्थ्यको समेत प्रबाहा नगरी युरोपमा आएर युरोपका नेपालीहरु लाई देशको बारेमा प्रतक्ष्य जाने बुझ्ने र जिंज्ञासा राख्न्ने अबसर प्रदान गरिदिनु भएकोमा एन डी एफ बेल्जियम ने क पा एमालेका स्थाई कमिटीका सदस्य बिदेश बिभाग प्रमुख एबम भुतपूर्व उपप्रधान मन्त्री के
.पी.शर्मा.ओली  र ने क पा एमालेका केन्द्रिय सदस्य एबम धौलागिरी सह  इन्चार्ज गणेश तिमिल्सनालाई हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछ ।

त्यस्तै हाम्रो कार्यक्रम लाई शुभकामना दिन वा हाम्रो कार्यक्रम र नेपाली लोक्तान्त्रिक मञ्च बेल्जियमको आन्दोलन र अभियानमा एक्व्यबद्वता जाहेर गर्न कार्यक्रममा सहभागी हुनु भएका , हङ्गेरी बाट बिस्वो प्रजातान्त्रिक युवा सघका उपादक्ष्य योगेन्द्र शाही , एन डी एफ स्पेनका अध्यक्ष्य पुष्प तिमिल्सना , एन डी एफ हल्यान्डका अध्यक्ष्य टिकाराम सापकोटा , एन डी एफ जर्मनीका सल्लाहाकार सन्तोष भट्टराई  र एन आर एन स्पेनका महा सचिब दिनेश गुरुङ लाई पनि हार्दिक धन्यवाद दिन चाहान्छौ ।

अन्त्यमा यस कार्यक्रमलाई सफल पार्नको लागि अहोरात्र कार्य क्षेत्रमा खटनु हुने एन डी एफ बेल्जियमका सम्पुर्ण सदस्य तथा समर्थक , एन डी एफ बेल्जियमका सम्पुर्न क्षेत्रिय समिती हरु र बिशेष गरेर कार्यक्रमको आयोजना स्थल एन्टवर्पेनको एन डी एफ क्षेत्रिय समिती र बेल्जियम स्थित एन डी एफ महिला कमिटीमा बिशेष धन्यवाद दिन चाहान्छौ साथै  यस कार्यक्रमको प्रचार प्रसारमा सहयोग गर्नु हुने सम्पुर्ण पत्रकार मित्रहरु र यस कार्यक्रममा प्रतिनिधि पठायेर सहयोग गर्नु हुने बेल्जियम स्थित सम्पुर्न संघ संस्था  र यस कार्यक्रम सफल पार्न बिभिन्न तरिका बाट सहयोग गर्ने नेपाली दुताबास बेल्जियम लाई पनि हार्दिक धन्यवाद ब्यक्त गर्दछौ । आगामी दिनमा पनि यहाँहरुको यसरी नै सहयोग सदभाब र सहकार्य को अपेक्ष्या राख्दछौ ।
धन्यवाद
एन डी एफ बेल्जियम

 

 

Coming events

ने..पा.(एमाले)का बरिष्ठ नेता तथा भूतपूर्व उप प्रधानमन्त्री के पी  शर्मा ओली  युरोप आउँदै

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com