Home  About us  Activities  Contact  Feedback  Photo

एन् डी एफ बेल्जियमको ब्रुस्सेल र लुभेन क्षेत्रिय सम्मेलन सम्पन्न

एन् डी एफ बेल्जियम को ब्रुस्सेल र लुभेन क्षेत्रिय सम्मेलन क्रमस यही जुन ६ र ७ गते भब्य रुपमा सम्पन्न भएका छन् । आगामी जुलाई ११ मा हुन गई रहेको नेपाली लोक तान्त्रिक मंच बेल्जियमको सम्मेलनको पुर्व तयारीका लागि यहाँ रहेका ५ बटै छेत्रीय समितिहरुले धमाधम आ-आफ्नो क्षेत्रमा  क्षेत्रिय  सम्मेलन सम्पन्न गरेका छन ।

जस मध्य सबै भन्दा पहिले गत  १८ अप्रिलका दिन   एन डी एफ एन्टवेर्पेन छेत्रीय सम्मेलन कुशल संगठक अर्जुन गुरुङलाई अध्यक्ष पदमा सर्व सम्मतिले चयन् गरी आफ्नो तेश्रो सम्मेलन भब्यताका साथ सम्पन्न गरेको थियो ।

त्यस्तै ६ जुन मा सम्पन्न एन् डी एफ ब्रुस्सेल को क्षेत्रिय सम्मेलनले लक्ष्मी कुइकेलको अध्यक्ष्याता मा १७ सदस्यिय कार्य समिती चयन गरि सम्पन्न भएको छ । आक बहादुर लामाको सभापतित्वमा संचालन उक्त सम्मेलनमा , उद्घोषण ईन्द्र लाल चापागाइ तथा बिशेष अतिथी हरुमा प्रकाश कार्की , गोपाल सिन्खडा  ईन्द्र प्रसाद ओली , अर्जुन लामा , जितेन्द्र अधिकारि , बुद्दी बराल रहनु भएको थियो ।

   एन डी एफ  बेल्जियमले  प्रवासमा नारिहरुलाई पनि हरेक क्षेत्रमा अग्र स्थान दिनु पर्छ भन्ने मान्यताका साथ ब्रसेल्स छेत्रीय समितिको  अध्यक्ष पदमा एक कुसल नेत्री श्रीमती लक्ष्मी चापागाइ (कुइकेल)लाई निर्बिरोध सर्वसम्मत बाट चयन् गरेको छ ।  साथै अन्य पदहरुमा उपाध्यक्ष शिव रेग्मी , सचिब सन्जित कंडेल ,सह-सचिब लक्ष्मण गुरुङ , कोसाध्यक्ष सुरेश कुमार गुरुङ एवम सदस्य हरुमा छिरिङ् तामाङ् , बिजया बस्नेत , सिता देबी गुरुङ , बिष्णु गुरुङ , किरण प्रधान , अर्जुन पुमाली मगर , मनमोहन पासवान, धर्मेन्द्र कायस्त ( सञ्जय ), राम बाबु महतो , राम बास्तोला, राम प्रसाद सापकोटा, बिकास हमाल , रमेश पधेरा, पनि निर्विरोध निर्वाचित भएका हुन ।

त्यस्तै  ७ जुन एन् डी एफ बेल्जियमको लुभेन क्षेत्रिय सम्मेलन गोपाल सिंखडाको अध्यक्ष्यातामा २५ सदस्यिय कार्य समिती चयन गरि सम्पन्न भएको छ । क्रमस यही जुन ६ र ७ गते भब्य रुपमा सम्पन्न भएका छन् ।  मा सम्पन्न एन् डी एफ लुभेनको क्षेत्रिय सम्मेलनले गोपाल गोपाल सिंखडाको अध्यक्ष्यतामा सम्पन्न उक्त सम्मेलनको संचालन नारायण अधिकारी ले गर्नु भएको थियो । एन डी एफ केन्द्रका कार्य बाहक अध्यक्ष्य ईन्द्र अओलीको प्रमुख अथित्य्यमा सम्पन्न उक्त कार्यक्रममा एन् डी एफ एन्तेर्पेन क्षेत्रिय समितीका अध्यक्ष्य अर्जुन गुरुङ , एन् डी एफ ब्रुस्सेल क्षेत्रिय समितीका अध्यक्ष्य लक्ष्मी कुइकेल एन् डी एफ ब्रुग्गे ओस्टेन्डे क्षेत्रिय समितीकाका अध्यक्ष्य कुल बहादुर केसी पनि अथिती रुपमा उपस्थित हुनु हुन्थ्यो ।

यस सम्मेलन बाट निर्बाचित नयाँ कार्य समितीमा  अध्यक्ष पदमा श्री गोपाल सिंखडा सर्वसम्मत बाट चयन् हुनु भएको छ भने अन्य सदस्यहरुमा ,उपाध्यक्ष चन्द्र बलोन,सचिब जनक भण्डारी ,कोसाध्यक्ष  सि यन महतो तथा सद्स्य हरुमा नारायण अधिकारी, पुष्प अधिकारी,युबराज गुरुङ, उपमा निरौला, शिव पोख्ररेल, जयराम शर्मा , बिरेन्द्र के सि , श्री प्रसाद सुब्बा , भागवती अधिकारी , सबिता अधिकारी , सचिन्द्र के सि , खड्क बहादुर के सि , बिपिन खड्का, जि.के.सुबेदी (दिपक),  गजेन्द्र  गुरुङ , यसोदा सुबेदी , कृष्ण अधिकारी, बोधराज पौडेल सहित सर्वसम्मती बाट  कार्यसमिती को गठन गरिएको छ । जसले सक्षम ,क्षमता वान ब्यक्तित्य को खोजीगर्दै रुढिवादी परम्परा अन्त्य गर्दै देश र जनता एवमं पार्टीको हितमा पार्टीको मर्यादा भित्र रही निस्पक्ष तथा सरल ढंगले अघी बड्ने प्रतिबद्दता समेत जनाएका छन ।

स्मरण  रहोस्  बाँकीं २ क्षेत्रमा पनि सम्मेलन क्रमस: सम्पन्न हुने सम्बन्धित संस्थाका पदधिकारीले जनाएका छन  ।   
 

Purushottam subedi
Belgium  


 

 

 

Coming events

20 june 2010
NDWF Belgium First conference

 

11 july 2010
NDF Belgium 3rd Conference

 
 

Your suggestion, advice and comment would be highly apperciated . Please send us your advice suggestion and commet

ndfbelgium@gmail.com
© copyright 2006 ndfbelgium.com