आदर्णीय बेल्जियम
बासी नेपाली दाजुभाई तथा दिदीबहिनी हरु ,
बेल्जियम बासी
नेपाली हरुको अतिनै लोकप्रिय संगठन नेपाली लोकतान्त्रिक मञ्च
बेल्जियम (एन डी एफ बेल्जियम)को तेस्रो राष्ट्रिय सम्मेलन आगामी
जुलाई ११ मा बेल्जियमको एन्टर्पेन सहर सम्पन्न हुन गईरहेको कुरा
यहाँहरु लाई सहर्स जानकारी गराउछौ । नेपालका युबा चर्चित नेता
तथा ने.क.पा.(एमाले)का महासचिब क. इश्वर पोख्रेलद्वारा उद्वघाटन
तथा संबोधन गर्ने यस सम्मेलनको उद्वघाटन समारोहमा यहाँहरु
सम्पुर्ण बेल्जियम बासी नेपाली दाजुभाई दिदीबहिनीहरुलाई
उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।
बेल्जियम स्थित
सम्पुर्ण संघ संस्थाका अध्यक्ष ज्यूहरु ,समाज
सेवीहरु र
बिभिन्न चर्चित
ब्यक्तित्वोलाई ईमेल मार्फत उक्त सम्मेलनमा अतिथीको रुपमा निम्ता
पठाएका छौ यदि कुनै कारणले निम्ता पत्र नपाएमा यसै सुचना मार्फत
फेरी पनि हार्दिक निमन्त्रणा गर्दछौ ।
नोट-कार्यक्रममा बिभिन्न प्रकारका सास्क्रितिक कार्यक्रमहरुको
साथमा खानपिनको पनि ब्यबस्था गरिएको छ ।
कार्यक्रम
समय मिती र स्थान
मिती : ११ जुलाई
२०१०
समय :
दिन को ठीक ३ बजे
स्थान:
Statiestraat 175 , 2600 Berchem Antwerpen (अन्टर्पेन
बेल्जियम )
शिव बरुवाल
महासचिब
एन डी एफ बेल्जियम
|