यही ३ मार्च २०१० मा बेल्जियममा बेल्जियम स्थित
सम्पुर्ण ने क पा एमाले समर्थक शुभ चिन्तक र कार्यकर्ता बीचको
ब्रिहत अन्तर्क्रिया कार्यक्रममामा ने क पा एमाले
महासचिव
इश्वर पोख्रेलले
सम्बोधन
गर्नु भएको छ ।
.JPG)
अन्तर्क्रिया कार्यक्रम लाई सम्बोधन गर्दै उहाँले देश अझै पनि
सक्रमणकाल बाट गुज्री रहेको छ
,
अझै पनि शान्ति प्रक्रिया लाई सार्थक बिन्दुमा पुर्यौन सकिएको
छैन र सबिधान घोषणा हुन अझै बाँकी छ त्यसैले अझै पनि नेपालका
सम्पुर्ण राजनैतीक शक्ति बीच सहमती र सहकर्यको खाचो छ भन्नु भयो
। संबिधान सभाको निर्वाचन पछि जे जस्तो तरिकाले भए पनि ने क पा
माओवादी देशको सबै भन्दा ठुलो पार्टी बनेको र ४
,४
महिना बिती सक्दा पनि कसैलेले माओवादीको नेत्रित्वोमा सरकार
बन्नु पर्दछ नभने को अवस्थामा एमालेले अघि सरेर ठुलो पार्टी
भएकोले माओवादीको नेत्रित्वोमा सरकार बन्नु पर्दछ भनेर आफुले
माओवादी लाई सहमतीको लागि सहयोग गरेको तर सरकार चलाउने क्रममा
मिलीजुली सरकारमा पनि सहमतीको राजनीति लाई बिर्सेर माओवादीले
मनपरी एक्लौटो पाराले बिधी र नियम लाई समेत मिचेर सरकार चलाउन
खोजेको ले आफै सरकार छोड्नु परेको सरकार छोडे पछि पनि संबिधान
निर्माण र शान्ति प्रक्रिया लाई निस्कर्श पुर्यौने प्रयत्न
गर्नु को सट्टा बिभिन्न समय सन्दर्भ न मीलेका कुरा उठए र
आन्दोलनको नाम देश लाई देश लाई द्वन्द तर्फ लैजादै छ भन्नु भयो ।
माओवादीले अहीले जे जस्तो नाम दिएर आन्दोलन गरेको छु भने को छ यो
आन्दोलन केबल सरकार पाउनको लागि हो तर सरकार तर्साएर धम्काएर
,
पाउने चिज होईन यो त नियमा बिधी र प्रक्रिया बाट बन्ने हो
त्यसैले
जसरी माओबादी आफैले सरकार छोडेर देश सरकार बिहिन भएको अवस्थामा
नेपालको अहीले राजनैतीक पार्टी मध्यका २२ पार्टीले समर्थन गरि
ब्यबस्थापिकाका पूर्ण बहुमत ससदले समर्थन गरेर माधब नेपालको
नेत्रित्वो को सरकार बनेको छ त्यसरी उसले पनि ब्यबस्थापिकामा
बहुमत देखाउन सक्नु पर्यो मात्र सरकार बनाउन सक्छ की त सहमतीमा
आउन पर्यो र बर्तमान सरकारमा सामेल हुन पर्यो नत्र मातेको
साढेको जस्तो गरि जतपायो त्यतै सिंह उझिनेर सरकार पाइदैन भन्नु
भयो ।
त्यस्तै संबिधान निर्माणको प्रक्रियाको बारेमा जानकारी गराउदै
तोकिएको समयमानै संबिधान घोषना हुनु पर्दछ भन्ने आफ्नो पार्टीको
धारणा रहेको त्यसैले नेकपा एमाले अहीले सबै कुरा छोडेर संबिधान
निर्माणकै कुरामा जुटी रहेको कुरा बताउनु हुँदै भर्खर सम्पन्न
एमालेको केन्द्रिय कमिटीको बैठकले संबिधान समयमानै जारी गर्नको
लागि माओवादी संग पनि सहमती र सहकार्य को जरुरी भएकोले आफ्नो
पार्टीले यदि माओवादी आफ्ना सबै हिंसाका अबशेश छोडेर आएमा उ संग
सबै बिषयमा बार्ता गर्न सकिने निर्णय गरेको कुरा प्रस्ट्याउनु
भयो ।
बर्तमान सबिधानको महत्वो पुर्ण बिषय
संघियताको बारेमा
बोल्दै
उहाँले भन्नु भयो अहिले देशमा
संघियताको बारेमा
ग्रेट डिबेट भइ रहेको छ तर माओवादीले हचुवाको भरमा अतिनै
अब्यबहारिक तरिकाले कोण सभा बाट संघको बिभाजन गरेको छ
तर आफ्नो पार्टी ने क पा एमालेले सघ बिभाजनको लागि हाम्रो देशको
मौलिक पन लाई
ख्याल गरेर २ वटा आधारहरु अघी सारेको छ एउटा चिनारीको आधारमा सबै
जात भाषा सस्क्रिती लाई मिलायेर संघ निर्माण गर्नु पर्दछ किनकी
नेपालमा कुनै जातिको पनि कुनै ठाउँमा मेजोरोटी छैन र अर्को
सामर्थको आधरमा
देशको आयस्रोत
,
प्रक्रितिक स्रोतको पहुच सबै सघ लाई पुग्ने गरि निर्मान गरिनु
पर्दछ ।
.JPG)
ने क प एमाले बेल्जियम कमिटीका सचिब तथा एन डी एफ बेल्जियमका
अध्यक्ष्य तुलसी नाथ सुबेदीको अध्यक्ष्यतामा सम्पन्न उक्त
कार्यक्रमको संचालन महासचिव शिव कुमार बरुवाल ले गर्नु भएको
थियो भने उपादक्ष्य ईन्द्र प्रसाद ओलीले उपस्थित सबै लाई स्वागत
गर्नु भएको थियो । महासचिब इश्वर पोख्रेल लाई खादा ओढाएर
बेल्जियममा सम्पुर्ण बेल्जियम बासी नेपाललीको तर्फबाट एन डी एफ
बेल्जियमका अध्यक्ष्य तुलसीनाथ सुबेदीले स्वागत गर्नु भएको थियो
भने एन डी एफ बेल्जियमले उक्त दिन उहाँको स्वागतमा दिबा भोज को
समेत आयोजना गरेको थियो ।
शिव कुमार बरुवाल
महासचिव
एन डी एफ बेल्जियम
.JPG)
.JPG)